• नमोबुद्ध संवाददाता,

काठमाडौं–नेपाल प्रज्ञा–प्रतिष्ठानले समालोचनात्मक कृति ‘समकालीन नेपाली कथा विमर्श’ प्रकाशन गर्दैछ । यो कृति प्रज्ञा–प्रतिष्ठानको साहित्य (गद्य÷आख्यान)विभागअन्तर्गत बजार ल्याउन लागिएको विभागीय प्रमुख प्राज्ञ माया ठकुरीले जानकारी दिनुभयो ।

ठकुरीका अनुसार समकालीन नेपाली कथाका विभिन्न पाटाहरूलाई सूक्ष्म किसिमले केलाई त्यही विषयबस्तुमा केन्द्रित रहेर कथा विधाप्रति रहेका आआफ्ना दृष्टिकोणलाई महिला समालोचकले गहन ढङ्गले प्रस्तुत गरेका छन् ।

ज्ञानु अधिकारीको सम्पादन रहेको कृतिमा प्रा.डा. ज्ञानू पाण्डे, डा. सावित्री मल्ल कक्षपति, डा. गीता त्रिपाठी, डा. विन्दु शर्मा, डा. शान्तिमाया गिरी, अनुपमा रेग्मी, अम्बिका अर्याल, कुमारी लामा, ज्ञानू अधिकारीका समालोचनात्मक आलेखहरू समेटिएका छन् ।

“समकालीन नेपाली कथा विमर्शबारे गरिएको यस शोधले अवश्य पनि कथा लेखनको पारम्परिक मानसिकतामा थप नवीन शिल्प र सैद्धान्तिक चेतनाको प्रादुर्भाव हुनेछ र यस कृतिले समकालीन नेपाली कथा विमर्शमा महत्त्वपूर्ण योगदान दिने विश्वास छ ।” –प्राज्ञ ठकुरीले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस !