-
नमोबुद्ध संवाददाता,
काठामाडौं–लकडाउनमा समस्या भोगिरहेका नेपालीहरूलाई एभरेष्ट फूजी सोसाइटी हामामाचु जापानले खाद्यान्न सहयोग सहयोग गरेको छ । आप्रवासी महिला कामदार समुह ब्ःप्ब्क् सँग मिलेर बन्दि सहायता केन्द्र(पीए नेपाल)मार्फत सडक बालबालिका तथा टुडिँखेल आसपासका मजदुरहरूलाई एक छाक खाना खुवाएको हो । उक्त संस्था समाजसेवी इन्दिरा राना मगरले चलाउँदै आउनुभएको छ ।
जापानको हामामाच्चु सिटी वरीपरी बस्ने नेपालीहरूले ४ वर्ष (सन् २०१६) अगाडी उक्त सामुहिक संस्थाको गठन गरेका हुन् । त्यहाँ बसोबास गर्ने नेपालीहरू माझ दुःख बिराम, आर्थिक संकट, कुनै पनि प्रकारको दुर्घट्ना, भाषाको समस्याले आईपर्ने बिपत्ती र कम्पनीमा काम गरेपछि तलब नपाएको गुनासोहरूको सुनुवाई तथा समाधानको सहजिकरण गर्दै आएको यस संस्थाले नेपालीहरूको प्रमुख चाडबाड जस्तै तिज, बडादशैं, ल्होसार, बुद्धजयन्ती, साकेला लगायतका चाडपर्वहरू एकैठाउमा भेला भएर मनाउने उदेश्यले उक्त संस्थाको जन्म भएको थियो ।
चारवर्षभित्र यस संस्थाले नेपालमा बाढीपहिरो, डुवान, भुकम्पले क्षति पुर्याएको ठाउँमा राहत पठाएर पीडीतहरूलाई दुःखमा सानो भएपनि सहानुभूति प्रदान गर्दै आएको एभरेष्ट फूजी सोसाइटी हामामाचु,जापानका संस्थापक अध्यक्ष तथा हाल सल्लाहकार शुक्र राईले जानकारी दिनुभयो ।
विश्व महामारीको रूपमा कोविड १९ (कोरोना भाईरस)ले अन्य देशमा जस्तै विगत ६÷७ महिना अगाडीबाट नेपाललाई पनि आक्रान्त बनाएको प्रति लक्षित गर्दै दैनिक ज्यालामजदुरी गरेर परिवार पाल्ने मजदुरहरू प्रभावित हुन पुगेकोमा खाद्यान्न सहयोग गरेको उहाँले जनाउनुभयो ।
एभरेष्ट फूजी सोसाइटीका वर्तमान अध्यक्ष कमल श्रेष्ठको नेतृत्वमा संस्थाको पदाधिकारीहरू छलफलमा जुटेर केहि खाद्यान्न सहयोग गर्ने निर्णय गरेपछि नेपालमा यो कार्यक्रम गरिएको हो ।
त्यस्तै प्रवासमा श्रम गर्न गएका नेपाली महिला दिदीबहिनीहरूको समस्यामा वकालत गर्दै आएको आप्रवासी महिला कामदार समुहले बढीजसोे भारत, खाडीमुलुक र मलेसियामा बढी पीडित पीडित नेपाली महिलाहरुको उद्दार गर्ने गर्दछ ।
अहिले बिभीन्न मुलुकबाट फर्किएका पिडीत महिलाहरू सिधै आफ्नो घर जान नसक्ने अवस्था र कोविड–१९ को महामारी खान बस्न समस्या भएकोले सेल्टर बनाएर राख्ने गरेको संस्थाका अध्यक्ष बिजया राई श्रेष्ठले जानकारी दिनुभयो ।
यी दुई परोपकारी संस्था मिलेर खाद्यान्न सहयोग गरेका हुन् ।