नमोबुद्ध संवाददाता :
खानीखोला–काभ्रे डाँडापारीको खानीखोला गाउँपालिका वडा नम्बर ७ च्योमनडाँडास्थित गत जेठ १३ गतेको विनासकारी हावाहुरीबाट पिडित स्थानियलाई तामाङ युवा एकता समाज नेपालको पहलमा खाद्यान्न सामाग्री सहयोग प्रदान गरिएको छ ।
घरबास तथा बालीनाली समेत क्षति बेहोरेका यहाँका ६३ घरपरिवारलाई हालै प्रतिघरपरिवार १ बोरा चामल,१ लिटर तेल,१ प्याकेट नुन,बिस्कुट र साबुन राहतस्वरुप वितरण गरिएको समाजका प्रतिनिधि सुदिन लामाले जनाउनुभयो ।
ललितपुरको वाग्मती गाउँपालिका ७ का ङावाङ थरदोई रुम्बा,सविना लामा,फुर्वा वाङ्गेल लामा,सनी लामा,सन्दीप लामा,समिर लामा,पुनम लामा,कपिल लिम्बु लगायतका मनकारी व्यक्तिहरुको सहयोगमा जुटेको उक्त सामाग्री खानीखोला गापा वडा नम्बर ७ को कार्यालयले समन्वय तथा ढुवानी व्यवस्थापन गरी गाउँ ल्याईपुर्याईएको थियो ।