• नमोबुद्ध संवाददाता

भक्तपुर–पछिल्लो समय विकसित डिजिटल प्रविधिले तामाङ गीत संगीतको दायरा फराकिलो बन्दै गएको छ, जस कारण नेपाली सांगीतिक क्षेत्रमा झैं तामाङ गीत संगीत पनि भिन्न भिन्न फ्लेवरमा सुन्न पाईरहेका छौं ।

यसबिच केहि दिन अघि भिडियो सहित सार्वजनिक गरिएको गायक विरे तामाङ (प्रकाश )को तामाङ गीत ‘फिलफिल जामा’ हाल चर्चामा छ ।
गत मंगलबार दर्जनौं संगीतकर्मी र पत्रकारमाझ भक्तपुरमा आयोजित एक सामारोहकाबिच वरिष्ठ संगीतकार तथा गायक चन्द्र कुमार दोङको बाहुलीबाट विमोचन भएको गीतको भिडियो युवा पस्ता केन्द्रित देखिन्छ ।

नेपालमा युट्युब च्यानलको प्रयोगकर्तामा युवानै अधिक छन्,अहिले यसैमा तामाङ युवाको रोजाई बनेको हो मनोरञ्जनात्मक गीत फिलफिल जामा । यो गीतको भिडियो हप्ता दिनमै लाखौंले हेरिसकेका छन् ।

कुमार स्याङवाको शब्द र विशाल काल्तानको संगीतले गीतकारको शब्द भाव र युवा मनको प्रतिनिधित्व गरेको छ नै , त्यसमा करीव दशकपछि यो क्षेत्रमा फर्केका विरे तामाङ(प्रकाश)को स्वर पनि वेग्लै फ्लेवरक छ, त्यसमा साथ मिलेको छ गायिका जितु लोप्चानको ।

भिडियोमा नायक कुमार मोक्तान अनि निराञ्जली लामाको अभिनय सामान्य तर अर्थपूर्ण र दमदार देखिन्छ । प्रतिक ङेसुरको निर्देशन र कोरियोग्राफी रहेको भिडियोको सिनेमाटोग्राफी सुर्य लामाको हो ।

भिडियो :

प्रतिक्रिया दिनुहोस !