• नमोबुद्ध संवाददाता

काठमाडौं–भनिन्छ सम्बन्ध विश्वासमा टिक्छ,झनै प्रेममा विश्वासका साथ समझदारी र केहि केहि सम्झौता पनि हुन सक्ला ।

यिनै सन्दर्भमा सोमबार पत्रकार सम्मेलनमार्फत श्रीमान श्रीमती बिचको गहिरो मायाप्रेम सम्बन्धको गाथा बनेर भिडियोसहित सार्वजनिक भएको छ ‘तिमी पुकार हौ’ ।

मन छुने यो गीतको शब्द र संगित आदित्य बिक्रमको हो । जसमा स्मृति शाही र बिक्रम थापाको स्वर सुन्न सकिन्छ जुन गीतको एरेन्ज भने भिसन मानन्धरको छ ।

दिपक तामाङले निर्देशन र सम्पादन गर्नुभएको भिडियोमा अमुल तामाङ र दुर्गा गोदारको उत्कृष्ट अभिनय रहेको छ । बिनि ईन्टरटेन्मेन्टको पोष्ट प्रोडक्सन रहेको भिडियोको छायांकन रामेश्वर जिरेलले गर्नुभएको हो ।

भिडियोसहित :

https://www.youtube.com/watch?v=M-sJaykphzc

प्रतिक्रिया दिनुहोस !