• नमोबुद्ध संवाददाता

तेमाल–काभ्रेपलाञ्चोकको नमोबुद्ध कोटतिमाल कालिमाटी हुदै तेमाल गाउँपालिका क्षेत्र प्रवेश गर्ने मुख्य प्रवेशमार्गमा कलात्मक र पक्की गेटको निर्माण सम्पन्न भएको छ ।

पालिका स्तरमा गत आर्थिक वर्ष रु १० लाख र चालु आर्थिक वर्षमा विनियोजित रु ५ लाख गरी रु १५ लाख बजेटमा गेट (स्वागतद्धार) निर्माण सम्पन्न भएको पालिकाका योजना शाखा प्रमुख राजकुमार तामाङले जानकारी दिनुभयो ।

तेमालको शान,गौरव,ईतिहास र सांस्कृतिक भावनाको सम्मान गर्दै कलात्मक गेट निर्माण गरिएको पालिका अध्यक्ष सलाम सिं तामाङले स्पष्ट पार्नुभयो । उक्त गेट आउँने आइतबार २६ गते उद्घाटनको तयारीमा रहेको अध्यक्ष तामाङले बताउनुभयो ।

अध्यक्ष तामाङले भन्नुभयो–‘हामीले हाम्रा ठाउँलाई चिनाउने गरी यसको निर्माण गरेका हौं’

पाँचखाल बोहोरदोभान हुदै प्रवेश गर्ने पश्चिम क्षेत्र र रोशी क्षेत्रहुदै प्रवेश गर्ने दक्षिण क्षेत्रमा पनि यस्तै प्रकृतिको गेट बनाईने उहाँले बताउनुभयो ।

पाँचखाल बोहोरदोभान हुदै प्रवेश गर्ने पश्चिम क्षेत्रको गेट भने चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्नेगरी निर्माण थाल्ने तयारी भईरहेको वडा नम्बर १ का वडाध्यक्ष मान वहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

वडाध्यक्ष श्रेष्ठका अनुसार गेट निर्माणको लागि उपभोक्ता समिति गठन भईसकेको छ,आउँदो बुधबार प्राविधिकले स्टिमेट थाल्नेछ ।

प्रतिक्रिया दिनुहोस !