• नमोबुद्ध संवाददाता :

धुलिखेल–नेपाली गीतसंगीतमा सहजै भित्रिएको आधुनिक डिजिटल प्रविधिले पश्चिमेली लोक गीत तथा दोहोरीको घेरालाई फराकिलो बनायो तर हिजो लोक गीत संगीत भन्ने वित्तिकै काँठको गीत भन्नेसम्मको पहिचान बनाएका यस क्षेत्रका गीत संगीत फस्टिएनन् ।

यिनै परिवेशमा पछिल्लो समय देव श्रेष्ठ र पार्वती कार्कीको स्वर रहेको ‘बाध्य भएँ पराइको हुनलाई’ बोलको काँठे गीत भिडियोसहित बजार आएकोमा यसको चर्चा चलिरहेको छ ।

मिलन फिल्म्सको प्रस्तुती यो लोक दोहोरी गीतको भिडियो केहि दिनअघि मात्रै युट्युवमार्फत सार्वजनिक गरिएकोमा हजारौं दर्शकले हेरिसकेका छन् । यसबाट पुष्टि हुन्छकी काँठ क्षेत्रको गीत सुन्ने दर्शक स्रोता घटेका छैनन् ।

नयाँ डिजिटल प्रविधिको भरपुर प्रयोग गर्दै पुनः सांगीतिक चलहलपहल फर्काउन यहाँका कलाकारहरुले सकिने स्थिती नभएको हैन भन्न सकिन्छ ।

उदाहरणका लागि ‘बाध्य भएँ पराइको हुनलाई’ यो गीत तथा यसको भिडियोले थुप्रैको माया पाउनेक्रम जारी छ । भिडियोमा संचारकर्मी अरविन्द्र गौतम,दिनेश श्रेष्ठ, रुपा रिमाल, निर्जला तामाङको आकर्षक अभिनय रहेको छ ।

दिनेश श्रेष्ठ निर्देशित भिडियोमा गीतले भनेझैं माया प्रेममा पाइएको पीडाको भावलाई चित्रण गरिएको छ । सुनिल बिसीको शब्द र संगीतमा तयार भएको गीतलाई अनिल जिसीले क्यामेराकैद गर्नुभएको हो भने देवी गुरुङ्गले सम्पादन गर्नुभएको हो ।

भिडियोसहित :

प्रतिक्रिया दिनुहोस !