सिन्धुपाल्चोक संवाददाता

चौतारा–‘सूचना प्रविधि विधेयक’को विरोधमा नेपाली कांग्रेस सिन्धुपाल्चोकले देशभरको निर्धारित आन्दोलन अन्तर्गत आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बिरोध पत्र बुझाएको छ ।

जिल्ला प्रशासन कार्यालयमा पुगेर कांग्रेस जिल्ला सचीव बिल बहादुर तामाङले जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रशासकीय अधिकृत रामकृष्णा घिमिरेमार्फत प्रधानमन्त्री लाई विरोधपत्र बुझाउनुभएको छ ।

बहुमतले पारित भएको मिडिया विधेयकले नागरिकको मौलिक हक पुर्ण तय हनन भएको भन्दै सिन्धु कांग्रेसले विरोध पत्र बुझाएको हो । यो विधेयकले व्यक्तिगत गोपनियताको संबैधानिक अधिकार हनन हुने पत्रमा उल्लेख छ ।

सुचना प्रविधिको माध्यमबाट नागरिकको फोन ट्यापिङ समेत गर्न सक्ने,सामजिक सन्जालमा कसैलाई व्यङग्य गरे बापत ५ वर्ष जेल र १५ लाख जरिवाना तिर्नु पर्ने कठोर अलोकतान्त्रिक प्रावधानले व्यक्तिगत गोपनियताको संबैधानिक अधिकार हनन हुने र आलोचना ,असहमति एव व्यङग्य गर्न नपाउने नागरिकको स्वतन्त्रतालाई समेत कुण्ठित गरेको भन्दै कांग्रेसले आपत्ति जनाएको सचीव तामाङले बताउनुभयो ।

सचीव तामाङले त्यस्ता विधेयक सरकारले तत्काल खारेज गर्नु पर्ने माग गर्नुभयो । सुचना प्रविधिको सन्दर्भमा व्यबस्था गर्न बनेको विधेयकले नागरिकको बिचार तथा अभिव्यक्त स्वतन्त्रतालाई कुण्ठित गर्ने,विधेयकको कतिपय प्रावधान संविधानको मर्म बिपरित भएको र नगरिकको मौलिक अधिकार हनन हुने हुदा विधेयक सच्याउनु पर्ने कांग्रेस को माग रहेको उहाँले बताउनुभयो ।

कांग्रेसले आइतबार देशका ७७ जिल्लाका प्रशासन कार्यालयमार्फत मिडिया विधेयक विरुद्धमा विरोध पत्र बुझाएको हो ।

प्रतिक्रिया दिनुहोस !