• कृतिका घलान

बनेपा–काभ्रेको नमोबुद्ध नगरपालिकास्थित भकुण्डेवेसीमा ‘दोस्रो नमोबुद्ध महोत्सव–२०७६’ को तयारी थालिएको छ । पर्यटन वर्ष २०२० तथा सोनाम ल्होछारको अवसरमा नमोबुद्ध उद्योग बाणिज्य संघको मुख्य आयोजनामा महोत्सव यहि माघ ९ देखी माघ १९ गतेसम्म तेमाल जाने रोड छेउमा गर्ने तय भएको अध्यक्ष बसुनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

स्थानिय कला संस्कृति,उत्पादनको प्रवद्र्धनजन्य बस्तु,दैनिक उपभोग्य बस्तुको स्टल राखिनुका साथै कला,सर्कस खेल,नेपाली खेल,कन्सर्ट,वाल उद्यान जस्ता पाटोद्धारा मनोरञ्जन प्रदान गर्ने गरी हुने महोत्सवको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उडड्यान मन्त्री योगेश भट्टराईले गर्ने उहाँले बताउनुभयो ।

महोत्सवमा १ सय भन्दा बढि स्टल रहने आयोजकले जनाएको छ । स्थानिय उत्पादन प्रदर्शन तथा विक्री वितरणको स्टललाई भने स्टल शुल्क अनिवार्य नगरिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो–‘स्थानिय गुन्द्रुक,मकै,कृषि सामाग्रीलाई अनिवार्य शुल्क भन्दैनौं,किनकी हामी पनि ति बस्तुको बजारीकरण चाहान्छौं,स्थानिय समुदायका कला संस्कृति झल्कने गतिविधिलाई पनि स्थान दिनेछौं ।’

नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतिराम तिमल्सीनाले नमोबुद्ध विश्वसामु चर्चित रहेपनि सोचेजस्तो पर्यटन प्रवद्र्धन गर्न नसकिएको उल्लेख गर्दै नमोबुद्ध तथा स्थानिय क्षेत्रका अन्य पर्यटकिय स्थलहरुको उजागर गर्ने काम पनि महोत्सवले गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

महोत्सवको काभ्रे, सिन्धुली, रामेछाप लगायतका जिल्लाबाट १ लाख ५० हजारले अवलोकन गर्ने अपेक्षा आयोजकले गरेको छ ।
महोत्सव सभ्य र भव्य बनाउन विभिन्न उपसमितिहरु पनि गठन गरिएको छ ।

महोत्सवबारे विहिबार बनेपामा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको प्रेस विज्ञप्ती हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस !