
नमोबुद्ध संवाददाता
काठमाडौं–तामाङ कथानक चलचित्र ‘म्युङ पुजू’(तिखो काँडा)को प्रिमियर शो माघे संक्रान्तिका दिन बुधबार औपचारिक समारोहकाबिच राष्ट्रिय नाचघर जमलमा गरिएको छ ।
नेवा–ताम्सालिङ (वाग्मती) प्रदेशका उद्योग,वन तथा पर्यटनमन्त्री अरुण नेपालको प्रमुख आतिथ्यतामा चलचित्रकर्मी,पत्रकार,तामाङ सांस्कृतिक आन्दोलनका प्रतिनिधिका साथै दर्शकहरुको बाक्लो उपस्थितिले प्रिमियर शोलाई भव्य बनायो । यो मानेमा पनि भव्य रह्योकी कमर्सियल रुपमा बनाएको तामाङ चलचित्रमध्ये उत्कृष्ठ भएकैले प्रसंशामा दर्शकहरुको ताली गुञ्जिरह्यो ।
थोरै पुराना र धेरै नयाँ अनुहारका कलाकारहरुमा देखिएको शसक्त अभिनय र पटकथाभित्रको संवाद शैलीलाई दर्शकले बढि रुचाएका हुन् । जुन पाटोले चलचित्रलाई मसलेदार बन्न पर्याप्त भुमिका खेल्यो ।
बुढाबुढीको भुमिकामा उत्रिएका वीर बहादुर गोले तामाङ र भुईसाल लामाको हरेक संवाद शैली गाउँले परिवेशका छन्,जसलाई दर्शकले अधिक ताली दिन्छन् ।
शहरीया परिवेश र गाउँले परिवेशसँगै अघि बढेको चलचित्रको कथाले धनसम्पत्तिको आशक्तिले सुःख शान्ति नमिल्ने सन्देश दिन्छ,कपटपूर्ण र तिखो व्यवहार भन्दा मृदुल बन्न प्रेरित गर्छ,भातृत्वभाव जगाउँछ,तामाङ सांस्कृतिक पहिचानको प्रवद्र्धनमा सघाउँछ ।
चलचित्रमा पुरानो अनुहारको रुपमा नायिकामा सुस्मा मोक्तानको अभिनय छ,शहरीया र गाउँले परिवेशमा उत्तिकै भिजेर अभिनय गर्न सक्ने खुवी यो चलचित्रमार्फत थप प्रमाणित गरेकी छन् उनले ।
नयाँ अनुहारका रुपमा नायकको भुमिका निभाएका ईश्वर तामाङ र प्रेम गोले तामाङको अभिनय क्षमतामा पनि खासै प्रश्न गर्ने ठाउँ नरहेको यो चलचित्र हेरेका सिन्धुपाल्चोकका सांस्कृतिक अभियन्ता विकास तामाङको प्रतिक्रिया छ । तामाङ युवा पुस्तामा मनोरञ्जनका साथै संस्कृति हस्तान्तरणमा यो चलचित्र सन्देशमुलक रहेको उनको भनाई छ ।
दर्शकहरुले अभिनाश तामाङ ,कान्छीमाया गोले,सुजल तामाङ ,राजु तामाङ, भिम तामाङ , प्रिङका रेग्मी, हिमा पाख्रिन,डोलमा वाईबा,लक्ष्मि तामाङ लगायतका कालकारहरुको अभिनयलाई पनि समान्यत : राम्रो प्रतिक्रिया दिएका छन् ।
प्रेम गोले तामाङ र ईश्वर लामाको प्रस्तुतिमा कान्छीमाया गोलेले निर्माणमा अजय स्याङतान निर्देशित यो चलचित्र डम्फु मिडिया प्रा.लि.को व्यानरमार्फत प्रदर्शनमा आएको हो ।
बिक्रम मोक्तानले छायांकन गरेको यस चलचित्रको कथा लेखन सुजन तामाङ तथा पटकथा रितुराज पाख्रिनको हो । सह–निर्देशन बद्री तामाङ र द्वन्द्व निर्देशन सुरज श्रेष्ठको रहेको यो चलचित्र यहि माघ ९ गते सिन्धुपाल्चोकको डाँडागाउँमा सार्वजनिक प्रर्दशनको तयारीमा रहेको निर्मात्री कान्छीमाया गोलेले जानकारी दिइन् ।
चलचित्रमा समावेश ४ वटा गीतमा विशाल काल्तान,छेवाङ लामा र प्रयास दोङको संगीतमा ईन्दिरा गोले,विशाल काल्तान,जितु लोप्चन र छेवाङ लामाको स्वर सुन्न सकिन्छ । जुन गीतहरु कुमार स्याङ्बाको रचना हो भने एरेन्ज मिक्सिङ दिपेश प्रधानले गर्नुभएको हो ।
प्रमुख अतिथि पर्यटनमन्त्री मन्त्री नेपालद्धारा डम्फु बजाएर सुरु गरिएको उद्घाटन समारोहमा पुर्व सांसद दावा तामाङ ,नेपाल तामाङ घेदुङ सिन्धुपाल्चोकको अध्यक्ष रेशम स्याङबो,जुगल गाउँ पालिकाका उपाध्यक्ष सृजना तामाङ,तामाङ कलाकार संघका अध्यक्ष सञ्जिव वाईबा,तामाङ चलचित्र संघका अध्यक्ष बिकु बहादुर थोकर,नेपाल आदिवासि जनजाति महासंघ सिन्धुपाल्चोकका सचिव मिलन तामाङ,जुगल गाउँपालिकाका स्थानिय वडाध्यक्ष जंग तामाङ,समाजसेवी जय बहादुर तामाङ लागयतका ब्यक्तित्वहरुले चलचित्र सफलताको शुभकामना व्यक्त गरे । केहिले नगद समेत सहयोग गरे ।
डम्फु मिडिया प्रालिका सञ्चालक तथा चलचित्र निर्देशक अमिर दोङले तामाङ एकतामा जोड दिदै म्युङ पुजू टिमलाई हौसला प्रदान गर्न आएका सबैमा धन्यबाद व्यक्त गरे ।