नमोबुद्ध संवाददाता
धुलिखेल–जब भ्वाइस अफ नेपालको स्टेज उक्लिन् धेरैलाई थाहा भयो निर्मला घिसिङ तामाङ समुदायको मात्रै गायिका हैनन्,उनको गायिकीपन निकै फराकिलो रहेको अझ प्रमाणित भयो ।
१३ वर्षको उमेरमै माओवादी जनयुद्धमा होमिएर जनताको गीत गाउन थालेकी यि गायिकाको यात्रा अचेल कर्मसियल संगीततर्फ अघि बढिरहेको छ ।
दिवंगत जनगायक खुसीराम पाख्रिनको सांगीतक दिक्षाबाट हुर्किएकी उनै गायिका घिसिङको हालै ‘दरबन्दी’ गीत भिडियोसहित सार्वजनिक भएको छ ।
‘रहर’ र ‘खबर’ दुईवटा एकल एल्बमका साथै झन्डै सयभन्दा बढि गीत गाइसकेकी उनले गत शुक्रबार सेलो आधारित नयाँ गीत ‘पिरती गासौं गासौं लाग्यो,कहाँ होला च्याङ्बाको दरबन्दी…’ को म्युजिक भिडियो समेत सार्वजनिक गर्नुभएको हो ।
सुसन लामाको शब्द तथा संगीत रहेको गीतमा एक अविवाहित तामाङ युवती माया गर्ने मान्छेको खोजीमा छटपटिएको देख्न सकिन्छ । मौलिक शैलीलाई पकडेर निकै मनोरञ्जनात्मक बनेको भिडियोमा नाच्ने मुख्य मोडल पनि उनै गायिका घिसिङ हुन् ।
मामाचेला(आस्याङको छोरा)ले सगुन लिएर माग्न आउने दिन पर्खिदै आफ्ना संगिनीहरूसित त्यो मनोभाव साट्दै नाच्ने मैच्याङको रोलमा घिसिङ आफैं उत्रिएकी हुन् । मकवानपुर फापरबारीकी अविवाहित यि गायिकाको गायकीसँगै मोडलिङ यात्राको निर्देशकिय साक्षी बनेका हुन् अजय स्याङ्तान ।
गीत नेपाली खस भाषामा भएपनि तामाङ संस्कृति र जीवशैलीबाट प्रेमकथा बुनिएकोले मौलिक रहेको गायिका घिसिङको दावी छ । हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक यिनै घिसिङको कोसेले ‘दरबन्दी’ अहिले चर्चाको यात्रामा छ ।
भिडियोसहित हेर्नुहोस् :