नमोबुद्ध संवाददाता

धुलिखेल–तामाङ जनमानसमा बहुप्रतिक्षित चलचित्र ‘म्युङ पुजू’ को प्रिमियर शो यहि माघे संक्रान्तिका दिन मध्यान्न १२ बजे औपचारिक समारोहकाबिच राष्ट्रिय नाचघर जमलमा हुने भएको छ ।

तामाङ कथानक यस चलचित्रको शिर्ष गीत ‘जब माया बुजी’ को भिडियो ४ महिना अगाडिनै सार्वजनिक भएकोले दर्शक सार्वजनिक प्रदर्शनको व्यग्र पर्खाईमा रहेको अवस्थालाई चिर्दै प्रिमियर शोको डेट तय भएको हो ।

प्रेम गोले र ईश्वर लामाको प्रस्तुतिमा कान्छीमाया गोलेले निर्माण गरेको यो चलचित्रको प्रिमियर शोबारेको ट्रेलर हालै निर्मााण् व्यानर डम्फु मिडिया प्रा.लि.को युट्युब च्यानलमार्फत सार्वजनिक भईसकेको छ ।

ट्रेलर हेर्दा चलचित्र उत्कृष्ट बनेको अनुमान लगाउन सकिन्छ । यद्यपि चलचित्र कस्तो छ भन्ने कुरा माघ १ गते हेरेपछी अवस्य थाहा हुने निर्देशक अजय स्याङ्तानले जानकारी दिनुभयो ।

सुस्मा मोक्तान, इश्वर लामा,प्रेम लामा,वीर बहादुर गोले तामाङ ,भुईसाल लामा,अभिनाश तामाङ ,कान्छीमाया गोले,सुजल तामाङ ,राजु तामाङ, भिम तामाङ , प्रिङका रेग्मी, हिमा पाख्रिन, लक्ष्मि तामाङ लगायतका कालकारहरुको शसक्त अभिनय रहेको चलचित्रले मनोरञ्जनका साथै तामाङ संस्कृतिका साथै सहयोग,सद्भाव अभिवृद्धिको सन्देश दिने निर्मात्री कान्छीमाया गोलेले बताउनुभयो ।

प्रिमियर शोपछि अन्य हलहरुमा पनि प्रदर्शनको तयारी थाल्ने उहाँको भनाई छ ।

बिक्रम मोक्तानले छायांकन गरेको यस चलचित्रको कथा लेखन सुजन तामाङ तथा पटकथा रितुराज पाख्रिनको छ । द्वन्द्व निर्देकमा सुरज श्रेष्ठ तथा सह निर्देशकमा बद्री तामाङ हुनुहन्छ ।

चलचित्रमा समावेश ४ वटा गीतमा विशाल काल्तान र प्रयास दोङको संगीतमा विशाल काल्तान,जितु लोप्चन र छेवाङ लामाको स्वर सुन्न पाईनेछ । जुन गीतहरु कुमार स्याङ्बाको रचना हो भने एरेन्ज मिक्सिङ दिपेश प्रधानले गर्नुभएको छ ।
ट्रेलर हेर्नुहोस् :

https://www.youtube.com/watch?v=MlrO0Fur-NM

प्रतिक्रिया दिनुहोस !