नमोबुद्ध संवाददाता

धुलिखेल–नाजिर हुसेन र सरुसा महर्जन अभिनित ‘प्रेम गर्ने जन्तर’ म्युजिक भिडियो अहिले चर्चा कमाउने क्रममा छ ।

डिजिटल नेपालको युट्युब च्यानलमार्फत दुई दिन अघि सार्वनजिक भएको गीतको भिडियो अहिलेसम्म करीव आधा लाखले हेरिसकेका छन् ।
गीतको शब्द तथा संगति किरण पहाडिको रहेको छ भने स्वर दीपक महर्जनको रहेको छ । रोशन श्रेष्ठद्धारा निर्देशित भिडियोको महेन्द्र निरौला र बृहस्मान सुनुवारले कोरियोग्राफी गरेका छन् ।

हरि घले लामाले खिचेको भिडियो सुरेश बाडेको सम्पादनमा तयार भएको हो । थुप्रै युवतीसँगको सम्बन्ध एवम् मायाप्रेममा थकित युवकले अन्ततगत्व महसुस गरेको मायाको महत्वभाव भिडियोमा देखाईएको छ ।

भिडियो हेर्नुहोेस् :

https://www.youtube.com/watch?v=ZtUh3zqM9Sc

प्रतिक्रिया दिनुहोस !