नमोबुद्ध संवाददाता

काठमाडौं–नेपाल तामाङ विद्यार्थी घेदुङको संघीय कार्यसमितिमा नयाँ नेतृत्व आएको छ । बुधबार सम्पन्न सातौं संघीय सम्मेलनले दिनेश कुमार लोको अध्यक्षतामा संघीय कार्यसमिति चयन गरेको हो ।

सिन्धुली घ्याङलेकका लो राजनीतिक पृष्ठभुमिबाटै विद्यार्थी घदुेङमा उदाएका हुन् । तत्कालिन अनेरास्ववियूका केन्दिय सदस्य रहेका लो विद्यार्थी घेदुङका लागि जुझारु तथा आशातित् नेतृत्व ठानिएको छ ।

संघीय बहुभाषिक शिक्षा नीति र मातृभाषामा संवैधानिक शिक्षा अधिकारका साथै तामाङ समुदायको पहिचान माग गर्दै आएको विद्यार्थी घेदुङको यो नेतृत्व तामाङ विद्यार्थी आन्दोलनका साथै समुदायको शसक्तिकरणमा सफल हुने विश्वास गरिएको छ ।

को को छानिए पदाधिकारी र सदस्यहरु ?

६७ सदस्यीय संघीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुजन तामाङ,उपाध्यक्षहरुमा जुन बहादुर तामाङ, इन्द्र तामाङ र इश्वरी तामाङ र महिला उपाध्यक्षमा संगिता पाख्रिनले जिम्मेवारी पाएका छन् । महासचिवमा भने सुक सागर तामाङ सर्वसम्मत भए ।

पदाधिकारी तथा सदस्यहरु खुल्लातर्फबाट तथा तामाङ बाहुल्यताको आधारमा प्रदेशअनुसार प्रतिनित्व गर्दै आएका हुन् ।

विद्यार्थी घेदुङको संघीय कार्यालय रहने तथा सांगठनिक एवम् प्रशासनिक गतिविधि बढि हुने उपत्यकाबाट सचिवको जिम्मेवारी सिन्धुलीकै अष्टमान तामाङले पाएका छन् ।

सचिवहरु :
१.अष्टमान तामाङ –उपत्यका

२.हैकम घिसिङ–प्रदेश नं. १

३.जेन्जे तामाङ–प्रदेश नं. २

४.विशाल थिङ–प्रदेश नं. ३

५.हेमेश तामाङ

६.सुनिता तामाङ

७.कुमार ब्लोन

८.कमला पाख्रिन

९.जगत तामाङ

१०.सुजता तामाङ

११.क्षितिज तामाङ

१२.अर्चना तामाङ

कोषाध्यक्ष : पविना लामा

सह– कोषाध्यक्ष : चन्द्र ग्याबक तामाङ

सदस्यहरु :

१.महेन्द्र तामाङ

२.अञ्जेस तामाङ

३.रोशन लामा

४.निमा गोले तामाङ

५.राजकुमारी तामाङ

६.रामकुमार तामाङ

७.मिथिला तामाङ (स्याङ्तान)

८.मोहनबन्धु गोले तामाङ

९.अजय तामाङ

१०.मिरा कुमारी तामाङ (मोक्तान)

११.सीता तामाङ, सुवास लामा

१२.छिरिङ लामा

१३.भावना तामाङ

१४.उर्मिला तामाङ

१५.राममाया तामाङ

१६.सोनाम लामा

१७.जितेन्द्र थोकर

१८.डेनो थिङ

१९.सम्झना ब्लोन

२०.नवाङ थोकर

२१.सम्राट लामा

२२.रमेश तामाङ

२३.राजेन्द्र मोक्तान

२४.इन्द्रजित तामाङ

२५.कुमारी लामा,

२६.मोहन तामाङ

२७.मनिष तितुङ

२८.रेशम स्याङ्बो तामाङ

२९.भुवन तामाङ

३०.प्रेम तामाङ

३१.आइमान तामाङ

३२.फुर्वे तामाङ

३३.विज्ञान तामाङ

३४.मास बहादुर तामाङ

३५.शान्ति गोले तामाङ

३६.महेन्द्र तामाङ

३७.सनम तामाङ

प्रतिनिधि सभा सदस्य तथा पूर्व कानुनमन्त्री शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा भएको सम्मेलन ऐतिहासीक रुपमा सफल भएको सातौं संघीय सम्मेलन आयोजक समितिका संयोजक हर्कमान तामाङले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !