• नमोबुद्ध संवाददाता :

काठमाडौं–सुदूरपश्चिमको धनगढीमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा सुपा इन्टरटेन्टमेन्ट प्रा.लि., धनगढीको सहआयोजनामा आउँदो जेठ १९ र २० गते ‘राष्ट्रिय सङ्गीत महोत्सव–२०७६’ आयोजना हुने भएको छ ।

महोत्सवमा सुदूर पश्चिमका सबै जिल्लाका साथै सात वटै प्रदेशका प्रतिनिधि कलाकारहरूको सहभागिता रहने सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, सङ्गीत विभाग प्रमुख तथा महोत्सव संयोजक प्राज्ञ अशोककुमार राईले जानकारी दिनुभयो ।

उहाँका अनुसार ‘राष्ट्रिय सङ्गीत महोत्सव–२०७६’ सफल पार्न प्रदेश सरकार र स्थानीय सरकार समेतको सहयोग रहनेछ ।
यसबारे सरोकारवालाहरुबिच छलफल सम्पन्न भईसकेको छ ।

हालै भएको छलफलबाट भुवन रिजालको संयोजकत्वमा स्थानीय आयोजक समिति र विभिन्न ८ वटा उपसमिति गठन गरिएको छ ।

प्रतिष्ठानले सङ्गीत साधना प्रतिष्ठानसँगको सहकार्यमा वैशाख २७ र २८ गते प्रदेश नम्बर एकको इटहरीमा गर्न लागेको प्रदेशस्तरीय बृहत् बहुभाषिक सङ्गीत महोत्सवको तयारी भने अन्तिम चरणमा पुगेको प्राज्ञ शशी लुमुम्बूले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस !