• नमोबुद्ध संवाददाता :

सिन्धुपाल्चोक–नेपाल तरुण दल केन्द्रको निर्देशन अनुसार नेपाल सरकारको कामकारवाहीप्रति असन्तुष्टि जनाउँदै तरुण दलको जिल्ला कमिटि सिन्धुपाल्चाकले आइतबार जिल्ला प्रशासन कार्यालय चौतारामा ज्ञापन पत्र बुझाएको छ ।

बाम सरकार आएपछि चरम अनियमितता तथा भ्रष्टाचार भएको,भुमाफिया प्रयोग गरेर नेकपा तथा तिनका नेता कार्यकर्ताले राज्यकोषको सम्पत्तिको समेत दुरुपयोग गरेको आरोप तरुण दलले लगाएको छ ।

यसरी सरकारको कामकारवाहीप्रति आपत्ति जनाउँदै त्यसमा खबरदारीका साथ प्रमुख जिल्ला अधिकारी गोमादेवी चेम्जोङ सामु ज्ञापनपत्र बुझाएको सिन्धुपाल्चोक तरुण दलका सचिव जित बहादुर थिङले जनाउनुभयो ।

आफूहरुले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ध्यानाकर्षणस्वरुप ज्ञापन पत्र बुझाएको उहाँको भनाई छ ।

यस्तो छ ज्ञापनपत्र :

 

प्रतिक्रिया दिनुहोस !