• नमोबुद्ध संवाददाता :

धुलिखेल–नायक कुमार मोक्तान र नायिका सुनिता लुङ्बाले झण्डै दर्जन जत्ति तामाङ फिल्महरुमा लिड रोल निभाउनुभयो तर छुट्टाछुटटै । एक अर्काका को–एक्टर फरक फरक थिए , दर्शकलाई लाग्न सक्छ यिनीहरुको जोडी नजुरेर हो या नमिलेर ? वास्तवमा यि दुईलाई सँगै काम गर्ने अवसर जुरेको रहेनछ । अब यि जोडी एकैसाथ देखिदैछन् चलचित्र ‘छार ग्यालम’(नयाँ बाटो) मार्फत ।

तामाङ र नेपाली(खस) भाषामा तयार पारिएको यो चलचित्र पहिलो पटक यहि बैशाख १६ गते सोमबार दिउँसो राजधानीको राष्ट्रिय नाचघरमा प्रदर्शनको तयारी भएको निर्मात्री दिपा वाइबाले स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो–“नायक कुमार मोक्तान र नायिका सुनिता लुङ्बाले पहिलो पटक मुख्य रुपमा स्कृन सेयर गर्नुभएको हो,हाम्रो फिल्मको कथाले उहाँहररुलाई माग्यो त्यही अनुसार गर्यौं अब दर्शकको मन बुझ्न हामी छिट्टै आउँदैछौं ।”

नायक कुमारले पनि आफूहरुको जोडीलाई दर्शकले रुचाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो–“हामी एक अर्कामा पहिलोपाटक कोस्टार भएर काम गरेका छौं,हाम्रो केमेस्ट्री मिल्लाकी नमिल्ला अवश्य बैशाख १६ गते थाहा पाउनुहुन्छ,मलाई लाग्छ हामीले निकै मिहेनत गरेका छौं,हाम्रो जोडिको काम मन पराउनुहुनेछ ।”

नायिका लुङ्बाले पनि नायक कुमारसँग मुख्य स्कृन सेयर गर्न पाउँदा खुसी लागेको बताउनुभयो । आफूहरुको केमेस्ट्रीलाई दर्शकले रुचाएको खण्डमा मात्र यो खुसीले सार्थकता पाउने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो–“कमर्शीयल रुपमा बनेको यो चलचित्रमा हाम्रो जोडीको अभिनयलाई दर्शकले मन पराउनुहुनेमा विश्वस्त छु ।”

चलचित्रमा नायक  मोक्तान र नायिका लुङ्बा तथा राहुल मोक्तान र संगीता दोङको मुख्य अभिनय छ ।

नायिका संगीता दोङले भने यो चलचित्रमा आफ्नो जोडी राहुल मोक्तानसँग मिलाउनुभएको छ । यि द्धय पनि चलचित्रले दर्शकको माया पाउनेमा ढुक्क हुनुहुन्छ ।

लगानीका दृष्टिले तामाङ चलचित्र जगतमा अहिलेसम्मकै ठुलो धनराशी खर्चिएको जानकारी दिदै निर्मात्री वाईबाले खर्चअनुसार परिणाम पनि राम्रै देखिने बिश्वास व्यक्त गर्नुभयो ।

गतिलो स्कृप्ट,कलकारलाई सम्मानजनक पारिश्रमिक र अत्याधुनिक प्रविधि अपनाइएको उहाँको दावी छ ।  उहाँका अनुसार चलचित्र मनोरञ्जनका साथै तामाङ मौलिक संस्कृतिमा आधारित छ ।

सागर लामा गोलेको प्रस्तुती छार ग्यालाम धन बहादुर तामाङ (सागर) को कथा तथा पटककथामा तयार भएको हो,जुन स्वयम् धनबहादुरलेनै निर्देशन गर्नु भएको हो ।

दिपाका साथै पविना तामाङ,बुद्दमाया तामाङ,इन्द्रमाया तामाङ, कुमारी तामाङ लगायतको निर्माण टोली रहेको चलचित्रमा ध्रुव तामाङ, गोकुल तामाङ, हस्त बहादुर तामाङ, दिपा वाइवा, सुर्य बहादुर तामाङ र प्रकाश श्रेष्ठले पनि खेलेका छन् ।

रुपेन मोक्तान,सुदिप ङेसुर र राहुल मोक्तानको शब्दमा बुद्ध स्ह्याङवा, सुदिप ङेसुर र प्रयास दोङले संगीत दिनुभएकोमा ति गीतहरु विशाल काल्तान,जितु लोप्चन,सुरेश लामा,बविता पाख्रिन,पुर्णिमा लामा,सुदिप ङेसुरले गाउनुभएको छ ।

राजु किराँतको द्धन्द,तुल्सी बाँस्कोटाले सम्पादन गर्नुभएको यो चलचित्रको छायाँकार लक्ष्मण घिमिरे हुनुहन्छ । कोशीपारी फिल्मस् प्रालिको व्यानारमा तयार भएको चलचित्रमा रमेश थापा र विरवहादुर लामाको कोरियोग्राफी रहेको निर्देशक तामाङले जनाउनुभयो ।

Trailer :

प्रतिक्रिया दिनुहोस !