• नमोबुद्ध संवाददाता :

भक्तपुर–पछिल्ला दशक तामाङ गीत संगीतको क्षेत्रमा आधुनिक गीत संगीतले आफ्नो स्पेस बढाउँदै लगेको छ । तामाङ लोक शैलीका गीत त छँदैछन्, यस बाहेक युवा पुस्ताको ध्यान आधुनिक शैलीका गीतले बढिनै खिचेको होकी भन्ने भान सहजै मिल्छ,ति गीतहरुको चर्चा सुन्दा र देख्दा ।

यसैबिच औपचारिक रुपमा रिलिज गर्न नपाउँदै चर्चामा आएको गीत हो ‘ह्वाम्सी एदा थान्गे म्हान्मु सेम तिङ न्हाङ्ला गोन्बोरी…..।’

जुन गीतलाई यसअघि विभिन्न कन्सर्टहरुमा स्रोता दर्शकमाझ संगीतकार तथा गायक निमा दोङले प्रतिक्षा गर्न अनुरोध गर्दै रफगीतको रुपमा क्ल्युसहित गुनगुनाउँदै मात्र आउनुभएको थियो । यत्तिकैमा यो गीत वहुप्रतिक्षित बनिसकेको थियो ।

अब प्रतिक्षाको घडि समाप्त भएको छ । ज्ञानदास तामाङको शब्दमा गायक दोङ र गायिका जितु लोप्चनको कर्णप्रीय स्वरमा तयार भएको ‘ह्वाम्सी एदा’ को चर्चा र स्रोता दर्शकसँगको पहुँचले शुक्रबारदेखी भने औपचारिकता पाएको हो ।

भक्तपुरको सुर्यविनायकमा एक समारोहकाबिच तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरबाट अजय स्याङतान निर्देशित यस गीतको भिडियोसहित रिलिज गरिएको हो ।

यसपछि युट्युवमा हेर्ने,अन्य सञ्चार माध्यमहरुमा फलो गर्ने स्रोता दर्शक झनै बढेको निर्माता सपना लामाको भनाई छ । हाईलाईट्स नेपालको युट्युव च्यानलमा पनि एकैसाथ रिलिज गरिएको यो भिडियोले १८ घण्टा बित्न नपाउँदै आधा लाख भ्युअर्स पाईसकेको छ ।

कार्यक्रममा प्रमुख अतिथि रहनुभएका थोकरले भन्नुभएको थियो–“गीतसंगीतको माध्यमबाट होस् वा चलचित्रको माध्यमबाट होस्,हामीले हाम्रै समुदायका लागि गर्ने हो,गीत राम्रो बनेको छ,भिडियो सहित ल्याउनुभएको छ यहाँहरुलाई बधाई छ,चलचित्रको माध्यमबाट होस् चाहे अन्य सामाजिक कामबाट होस् म पनि यहाँहरुको साथमा रहनेछु ।”

उहाँले यस्ता गीत,भिडियो तथा चलचित्र सम्बन्धित निकायमा दर्ता गर्ने प्रचलन बसाए अभिलेखीकरणको पाटो बलियो हुनुका साथै आवश्यक मुल्यांकनमा सहजता आउने पनि बताउनुभयो ।

सुदिन दोङको सञ्चार सहजीकरणमा सांगीतक कार्यक्रम सहित राखिएको विमोचन समारोहमा चलचित्र संघका सल्लाहकार अमिर दोङ,संघका उपाध्यक्ष नायक कुमार मोक्तान,नायिका चाँदनी मोक्तान,रोश्नी ब्लोन,गायक फूलकुमार बम्जन लगायत पनि सहभागि हुनुहुन्थ्यो ।

यो गीतका गायक तथा संगीतकार दोङको जन्मदिन लक्षित विमोचन कार्यक्रममा उहाँलाई सहभागि व्यक्तत्व तथा दर्शकले प्रत्यक्ष रुपमा उहाँको जीवन तथा सांगीतक यात्रा सफलताको शुभकामना व्यक्त गरे ।

भिडियोमा हिरालाल लामा र निराञ्जली लामाले मोडलिङ गर्नुभएको छ, जहाँका पृष्ठभूमि दृश्यहरु प्राकृतिक छटाको हिसाबमा निकै लोभलाग्दा छन् । विक्रम लामाको क्यामेराले एतिहासीक क्षेत्र शैलुङ थुम्को र आसपासका दृश्य कैद गरिएको छ ।

प्रेमभाव उधिनिएिको यो गीतलाई अजय स्याङतान निर्देशित भिडियोले न्याय गरेकोले युवामनले अझ धेरै रुचाउने विश्वास गरिएको छ । जहाँ कोरियोग्राफी स्वयम् स्याङतानकै हो ।

भिडियो हेर्नुहोस् :

प्रतिक्रिया दिनुहोस !