• नमोबुद्ध संवाददाता

काठमाडौं–बारा र पर्सामा हावाहुरीले क्षतिग्रस्त घर निर्माणका लागि सरकारले नेपाली सेनालाई ८४ करोड ६८ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले हावाहुरीबाट क्षतिग्रस्त १४ सय ५३ वटा घर निर्माणका लागि सेनालाई ८४ करोड ६८ लाख ७६ हजार १ सय ४० रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको जानकारी दिनुभयो ।

यसअघि सरकारले बारा र पर्सामा हावाहुरीबाट क्षतिग्रस्त घर निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो ।

सरकारले दिएको रकम र घरधुरी सङ्ख्या हिसाब गर्दा एउटा घरवापत सेनाले ५ लाख ८२ हजार ८ सय ४७ रुपैयाँ पाएको हो ।

बारा र पर्सामा गएको चैत १७ गतेको साँझ हावाहुरीले २८ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !