• नमोबुद्ध संवाददाता

अरुण–स्थानीयस्तरमा रङ्गमञ्चको प्रवद्र्धनमा समर्पित युवाहरूद्वारा भोजपुरको अरुण गाउँपालिकाको वडा नम्बर–५, याकुमा नाटक ‘जोडी परेवा’ प्रदर्शन गरिएको छ ।

सन्तोष थापाको लेखन तथा निर्देशन रहेको नाटक सामाजिक विषयवस्तुमा आधारित रहेकोले स्थानियले रुचाए ।

तिलक थापा र पुजन आचार्यले सहनिर्देशन गरेका उक्त नाटकमा स्वयम् पुजन आर्चाय, तिलक थापाका साथै भूमिका ढकाल, निर्देशक स्वयम् सन्तोष थापा, उर्मिला ढकाल, कमला थापा, योगेन्द्र ढकाल, अस्मिता राई, सुस्मिता आचार्य, भावना ढकाल, सुमन आचार्य लगायतका कलाकारहरुको सशक्त अभिनय रहेको छ ।

स्थानीय स्तरमा साहित्य, कला तथा संस्कृतिको संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले नाटक प्रदर्शनका साथै प्राथमिक विद्यालयस्तरीय तथा खुल्ला नृत्य प्रतियोगिता समेत आयोजना गरिएको अरुण कला–साहित्य समाजका अध्यक्ष अनिश ढकालले बताउनुभयो ।

 

नृत्य प्रतियोगितामा भने विद्यालयस्तरीय नृत्यतर्फ मनिशा थापा प्रथम र रिक्तिमाया तामाङ द्वितीय भए । त्यस्तै खुल्ला नृत्य प्रतियोगितातर्फ मीना भुजेलको समूह प्रथम, भोजकुमारी ढाकालको समूह द्वितीय र दीपा ढकाललको समूह तृतीय भए ।

अरुण गापा उपाध्यक्ष विनिता ढकाल, पाँच नम्बर वडाका अध्यक्ष ध्यानबहादुर राई, लेखक तथा कलाकार जीवन थापा ‘क्षितिज’, चलचित्र निर्देशक गणेश उपाध्याय, उमेश कार्की र पञ्चकन्या निमाविका प्रधानाध्यापक सालिकराम ढकाललको आतिथ्यतामा भएको कार्यक्रमबाट संयौं स्थानियले मनोरञ्जनात्मक कलामार्फत सामाजिक सन्देश प्राप्त गरेको आयोजकको भनाई छ ।

नाटकबाट समाजिक सद्भाव,मेलमिलापको सन्देश मिलेको स्थानियले बताए ।

प्रतिक्रिया दिनुहोस !