- नमोबुद्ध संवाददाता
काठमाडौं– मंगलबार विश्व पुस्तक दिवस मनाइयो । दिवसको अवसरमा नेपालमा पनि छलफल,गोष्ठी जस्ता विविध कार्यक्रमहरु भए ।
नव वर्ष तथा विश्व पुस्तक दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानले भने पुस्तक प्रदर्शनीको आयोजना गरेको छ । पुस्तक प्रदर्शनीको आइतबार कुलपति गङ्गाप्रसाद उप्रेतीले उद्घाटन गर्नुभएको हो ।
कुलपति उप्रेतीले पाठकहरूको मागलाई ध्यानमा राखेर प्रज्ञा–प्रतिष्ठानले विभिन्न अवसरहरू पारेर पुस्तक प्रदर्शनी गर्ने गरेको स्पष्ट पार्नुभयो ।
उहाँले प्रज्ञा–प्रतिष्ठानका प्रकाशनहरू बजारमा सहजै उपलब्ध हुन नसकेको अवस्थामा यस्ता प्रदर्शनीले पाठकलाई सुविधा दिने विश्वास व्यक्त गर्नुभयो ।
यो अवसरमा उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्याय, प्राज्ञ परिषद् सदस्यहरू प्रा. दिनेशराज पन्त, प्रा.डा. योगेन्द्रप्रसाद यादव, डा. हेमनाथ पौडेल, प्रा.डा. उषा ठाकुर, माया ठकुरी, प्रा.डा. गोपीन्द्र पौडेल, लक्ष्मी माली र डा. देवी नेपाल पनि उपस्थित हुनुभयो ।
पदर्शनीमा राखिएका पुस्तक खरिदमा ४० देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । पुस्तक प्रदर्शनी वैशाख २२ गतेसम्म चल्ने प्राज्ञ शशि लुमुम्बुले जानकारी दिनुभयो ।