
- नमोबुद्ध संवाददाता
काठमाडौ–प्रदेश नम्बर एकको इटहरीमा प्रदेशस्तरीय बहुभाषिक सङ्गीत महोत्सव हुने भएको छ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा सङ्गीत साधना प्रतिष्ठान, इटहरीको सहआयोजनामा यही वैशाख २७ र २८ गते महोत्सव गर्ने तयारी थालिएको हो ।
महोत्सवमा प्रदेशका सबै जिल्लाबाट बहुभाषी सङ्गीत साधक तथा सङ्गीतकर्मीहरूलाई सहभागि गराईने प्रज्ञा–प्रतिष्ठानका सङ्गीत विभाग प्रमुख तथा महोत्सव संयोजक प्राज्ञ अशोककुमार राईले जानकारी दिनुभयो ।
संयोजक प्राज्ञ राईका अनुसार प्रदेश सरकार र स्थानीय सरकारसमेतको संलग्नता रहने उक्त महोत्सव तयारीस्वरुप महोत्सवलाई व्यवस्थित र भव्य बनाउन राम धामीको संयोजकत्वमा स्थानीय मूल समिति बनाईएको छ ।
त्यस्तै दुर्गा पराजुली, सोनु जयन्ती, प्रेम अधिकारी, श्रीप्रसाद पोखरेल, दिनेश कोइराला, नरेन्द्र कटुवाल र बालकृष्ण सिग्देलको संयोजकत्वमा विभिन्न उपसमितिहरू पनि गठन गरि काम थालिएको महोत्सव संयोजक राईले बताउनुभयो ।