• नमोबुद्ध संवाददाता

काठमाडौँ–नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजनामा नाटक लेखन कार्यशाला शनिबार सम्पन्न भएको छ ।
कार्यशालाका सहभागी २३ जना प्रशिक्षार्थीहरूलाई एक समारोहबिच प्रमाणपत्र प्रदान गरियो । समारोहमा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा र सदस्य सचिव श्याम तमोटले प्रमाणपत्र प्रदान गर्नुभयो ।

उपकुलपति शर्माले कार्यशाला उपलब्धिमूलक भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘मञ्चनका लागि पर्याप्त नाटक नभइरहेको वर्तमान अवस्थामा यस कार्यशालाले निकै आशाा जगाएको छ ।’

प्राज्ञ परिषद् सदस्य निशा पोखरेल शर्माको संयोजनमा राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा वैशाख ३ गतेदेखि ७ गतेसम्म नाटक लेखन कार्यशाला चलेको हो ।

वरिष्ठ नाटककार अशेष मल्लको सहजीकरणमा भएको कार्यशालामा डा. धु्रवचन्द्र गौतम, प्रचण्ड मल्ल, नयनराज पाण्डे र खगेन्द्र लामिछाने लगायतका नाटककार तथा नाट्यकर्मीहरूले सहभागीलाई नाटक लेखन सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !