• नमोबुद्ध संवाददाता

दोलालघाट–स्थानिय कला सँस्कृति,कृषि तथा व्यापार प्रवद्र्धनको उदेश्य राखेर बैशाख १ गते आईतबारबाट दोलालघाट महोत्सव हुदैछ ।

महोत्सवको नेपाली काँग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलाद्धारा बिहान ११ बजेपछि उद्घाट गर्ने तय भएको आयोजक दुलालेश्वर वातावरणीय तथा समाज सेवा क्लवका अध्यक्ष अष्ट श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सव विविध साँस्कृतिक झाँकी,र्याली पश्चात उद्घाटन गरिनेछ ।

नयाँ वर्षलाई लक्षित गर्दै गरिएको महोत्सवमा अवलोकनकर्ता तथा पर्यटकलाई आकर्षित गर्न विभिन्न कार्यक्रमहरु रहेको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो–“अहिले त स्टलहरु पनि भरिएका छन्,होटल व्यवस्थापन,घुमघाम,मौलिक खानपिन,सांगीतिक मनोरञ्जन दिने लगायतको तयारी पुरा भइसकेको छ,पर्यटकको आगमन भव्य हुने अपेक्षा छ ।”

तेस्रो पटक आयोजना गरिएको दोलालघाट महोत्सव अन्तरगत स्थानिय उत्पादन समाग्री,कला कौशल,रमाईलो बाल उद्यान,सर्कस, डुंगा यात्राका साथै भव्य डिजे पार्टीको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

प्रस्तुतीमार्फत मनोरञ्जनका लागि बैशाख १ गते आइतबार हरि कर्माचार्य(ग्लुमी गाईज),महादेव त्रिपाठी,सुरवीर पण्डित,आशा खड्का लगायतका गीत संगीत तथा हांस्य कला क्षेत्रका चर्चित कलाकारहरु आउनुहुने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

‘दोलालघाट भुम्लु पर्यटन मेला तथा दोलालघाट महोत्सव’ अन्तरगत ‘दोलालघाट भुम्लु पर्यटन मेला’ को भने सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले गत बुधबार उद्घाटन गर्नुभएको थियो । दोलालघाट पर्यटन प्रबद्र्धन तथा समाज विकास केन्द्रद्धारा आयोजित यो मेला शनिबार सकिएको हो ।

दोलालघाट महोत्सव ३ भने वैशाख ४ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस !