- नमोबुद्ध संवाददाता
काठमाण्डौं– नेपाल प्रज्ञा–प्रतिष्ठानले हालै भारतको कोलकाताका साहित्यकारसँग भेटघाट तथा अन्तरविमर्श कार्यक्रम आयोजना गरेको छ । प्रतिष्ठानमै आयोजित कार्यक्रममा प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ति स्रष्टाहरुको योगदानको प्रशंसा गर्नुभयो ।
उहाँले नेपाली भाषा, साहित्य, कला तथा संस्कृतिको संरक्षण, सम्वद्र्धन एवम् प्रवद्र्धनमा कोलकाताका नेपालीभाषी स्रष्टा–सर्जकहरूको महत्पूर्ण योगदान रहेको स्पष्ट पार्नुभयो ।
ति स्रष्टाहरूको सक्रियताप्रति खुसी व्यक्त गर्दै प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले खादा लगाइदिएर स्वागत गर्नुभयो ।
उपकुलपति डा. जगमान गुरुङले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको पितृभूमि नेपाल रहेको भन्दै नेपाली संस्कृतिको उन्नयनमा कोलकाता निवासी नेपालीको विशिष्ट भूमिका रहेको बताउनुभयो ।
कार्यक्रममा कोलकाताका पूर्व महावाणिज्यदूत, नेपाल सरकार स्वास्थ्य मन्त्रालयका सचिव तथा कवि चन्द्र घिमिरेले कोलकातामा क्रियाशील नेपाली साहित्य, कला तथा संस्कृति सम्बन्धी संघसंस्था र स्रष्टाको उल्लेख्य योगदान रहेको प्रष्ट पार्दै कोलकातामा नेपाली भवन निर्माणका लागि नेपाल र नेपाली जनताको सहयोगको भूमिका महत्वपूर्ण हुने विचार व्यक्त गर्नुभयो ।
सो अवसरमा पूर्व महावाणिज्यदूत तथा पूर्व सचिवहरू युवराज भूषाल, मदन भट्टराई र सुरेशमान श्रेष्ठले कोलकाता सम्बन्धी मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा भानु प्रतिष्ठानका अध्यक्ष प्रा.डा. ब्रतराज आचार्य, संहिताशास्त्री अर्जुनप्रसाद बाँस्तोला, नेपाली जनकल्याण समिति, कोलकाताका अध्यक्ष बद्रीविक्रम थापा, लैनसिंह वाङ्मय प्रतिष्ठान, कोलकाताका अध्यक्ष गणेशकुमार प्रधान, नेपाल–भारत जनमैत्री संघका अध्यक्ष राजु पाठक, सल्लाहकार धर्मराज बराल, अनेसासका अध्यक्ष राधेश्याम लेकालीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा गणेशकुमार प्रधानको ‘कोलकातामा सृजनाका फूलहरू’ पुस्तकका साथै ‘बिहानी’ र ‘मौलो’ नामक पत्रिकाको पनि सार्वजनिकीकरण गरिएको थियो ।
अन्त्यमा कुलपति उप्रेतीले कोलकतादेखी आउनुभएका साहित्यकारहरुलाई प्रज्ञा–प्रतिष्ठानका प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभएको प्राज्ञ शशि लुमुम्बुले जनाउनुभयो ।