
- नमोबुद्ध संवाददाता
धुलिखेल–काभ्रेको नमोबुद्ध नगरपालिका ७ स्थित भकुण्डेबेसीमा आउँदो चैत्र २९ देखी सुरु हुने ‘तेस्रो तामाङ चलचित्र महोत्सव’ को तयारी तिब्र पारिएको आयोजक तामाङ चलचित्र संघले जनाएको छ ।
बैशाख १ गतेसम्म गरी तीन दिन चल्ने महोत्सवमा प्रदर्शन गरिने चलचित्रको छनौटसँगै प्रचारप्रसार(माईकिङ,पम्प्लेटिङ,रेडियो जिंगल प्रसार तथा श्रव्यदृश्य सामाग्री प्रसारण प्रकाशन) तिब्र पारिएको संघका अध्यक्ष बिकु थोकरले जानकारी दिनुभयो । यसका साथै चलचित्र प्रदर्शन स्थल(हल) छनौट,सहकार्यगत बैठक,पाहुनाहरुलाई निमन्त्रणा,महोत्सवमा छलफल गरिने विषयबस्तुको टुंगो लगायतको तयारी भईरहेको उहाँले बताउनुभयो ।
कुन कुन चलचित्र छानिए ?
महोत्सवमा प्रतिस्पर्धी र अप्रतिस्पर्धी गरी दुई प्रकारका चलचित्र प्रदर्शन गरिनेछन् । अप्रतिस्पर्धी चलचित्र यसअघिनै सार्वजनिक भएका चलचित्र हुन् भने प्रतिस्पर्धी (महोत्सव विशेष) चलचित्र युट्यव् च्यानलमा अपलोड नगरिएका(सार्वजनिक नभएका) चलचित्र हुन्,जुन चलचित्रहरु अवार्डमा पनि सहभागि हुन पाउनेछन् ।
चलचित्र संघका महासचिव जयन कुमार मोक्तानका अनुसार निम्न तामाङ कथानक चलचित्रहरु प्रदर्शनका लागि छानिएका छन् :
१.‘सेमरीन मुला माया’
प्रदर्शन : पहिलो दिन चैत्र २९ गते दिन ठिक १२ः३० बजे
निर्देशक : हुत्त सञ्जय लामा
२.‘आप्लेङला नाम्सा’
प्रदर्शन : पहिलो दिन चैत्र २९ गते दिउँसो ३ बजे
निर्देशक : अजय स्याङतान
३.‘श्होङ’
प्रदर्शन : दोस्रो दिन चैत्र ३० गते बिहान ९ बजे
निर्देशक : रोशन फ्युवा
४.‘रुङसी टिला’
प्रदर्शन : दोस्रो दिन चैत्र ३० गते बिहान ११ बजे
निर्देशक : बाबु थिङ
५.‘सेर्कु’
प्रदर्शन : अन्तिम दिन २०७६ बैशाख १ गते बिहान १० बजे
निर्देशक : राजकुमार मोक्तान
आयोजक तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरका अनुसार महोत्सवको समापन समारोह बैशाख १ गते गरिनेछ । महोत्सवमा तामाङ चलचित्रको वृत्तिविकासबारे विज्ञ तथा दर्शकबिच छलफल सेसनहरु पनि सञ्चालन गरिनेछ ।
प्रचारप्रसार,आर्थिक व्यवस्थापनका साथै तामाङको मौलिकता झल्कने खाना,बाजागाजा,गोईलो,बुद्धचित्त माला,साँस्कृतिक झाँकीका लागि आवश्यक संसाधन,विज्ञ र तिनलाई समेट्ने स्टल व्यवस्थापनका कार्यक्रहरु पनि भईरहेको उहाँले जानकारी दिनुभयो ।