• नमोबुद्ध संवाददाता

काठमाण्डौं– तामाङ समुदायको ऐतिहासीक तथा साँस्कृतिक बाजा डम्फु तथा मौलिक सेलो भाका प्रवद्र्धनका लागि नेपालमा पहिलो पटक ‘डम्फु साँझ’हुदैछ । आगामी शनिबार राजधानीस्थित जुजु बारमा सोही बारको प्रस्तुतीमा हुने डम्फु साँझको तयारी अन्तिम चरणमा पुगेको व्यवस्थापकीय जिम्मेवारीमा रहनु्भएका प्रकाश दोङ तामाङले जानकारी दिनुभयो ।

“ह्याङला डम्फु ह्याङलान शान, चुनोन ह्याङला तामाङ पहिचान” भन्ने मुल नाराका साथ साँझ ७ बजेदेखी हुने कार्यक्रमका लागि कलाकार तथा पाहुनालाई निमन्त्रणा,लाईभ म्युजिकसहितको तयारी अभ्यास,सुरक्षा व्यवस्थापन लगायतका तयारी सकिएको उहाँले बताउनुभयो ।

जनता टेलिभिजनबाट समेत प्रत्यक्ष प्रशारण गरिने कार्यक्रममा तामाङ जनजीवनमा डम्फुको महत्व र विश्व दृष्टिकोणबारे जानकारीका साथै सांगीतक प्रस्तुती रहने उहाँको भनाई छ । पहिलो पटक आयोजना गर्न लागेको यो कार्यक्रम व्यवसायिक भन्दा पनि सँस्कृति प्रवद्र्धनमा केन्द्रित भएकोले विभिन्न संघ संस्था तथा व्यक्ति महानुभावहरुको साथ सहयोग तथा शुभेक्षा मिलेको उहाँले बताउनुभयो ।

“तामाङ संस्कृतिको पहिचानको मुख्य धरोहर बाद्य यन्त्र डम्फुको चिनारी फिजाउँनुछ” कार्यक्रमको तयारीकै क्रममा बिहिबार साँझ भेटिएका गायक तथा संगीतकार विश्व दोङले भन्नुभयो–“यो हाम्रो डम्फु गाउँदेखी शहर,झुपडीदेखी महलसम्म हरेक कुना कुनामा बज्न र बजाउन जरुरी छ ।” उहाँका अनुसार कार्यक्रममा प्रत्यक्ष डम्फुसहित डम्फु गीत तथा सेलोहरु प्रस्तुत गरिनेछ ।

कार्यक्रममा विश्वका साथै प्रयास दोङ,जितु लोप्चन,नायिका रेखा थापा र अन्य आमन्त्रित कलाकारहरुले पनि प्रस्तुती दिने छन् । यसरी तामाङ मौलिक बाजागाजा तथा गीत संगीतले रेष्टुरेण्ट तथा बारजस्ता आधुनिक प्लेटफर्म पाउनुलाई निकै महत्वका साथ हेरिएको छ ।

यसक्रममा आफ्ना समुदायको सँस्कृतिप्रति अपनत्वका साथै जिम्मेवारवोध गराउन तथा प्रतिभाको सम्मान स्वरुप कार्यक्रममा ‘मिस तामाङ २०१९’ का विजेताहरुलाई पनि सम्मान गरिने जुजुबारका सञ्चालक सुर्य तामाङले जानकारी दिनुभयो । उहाँले नेपालमै पहिलो पटक हुन लागेको यस्तो कार्यक्रम उत्त्साहका साथ सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम निकै सकारात्मक रहेकोले सघाउन उभिएका विभिन्न संघसंस्था,सामाजिक व्यक्तित्व, Shleshmas foodland and sekuwa corner,ktm जस्तै सहकार्यमा अघि बढेको Samdhiko thalkali restaurant bar and sports bar,dhulikhel  का सञ्चालक लोक बहादुर लामाले बताउनुभयो । समुदायसँग जोडिने यस्ता कार्यक्रम महत्वुपूर्ण रहने उहाँको भनाई छ ।

डम्फु साँझको तयारी र यसको औचित्यबारे गायक तथा संगीतकार विश्व दोङ र व्यवस्थापक प्रकाश दोङ तामाङसँग नमोबुद्ध टिभीले गरेको कुराकानी यहाँ हेर्न सक्नुहुनेछ ।

भिडियो वार्ता

प्रतिक्रिया दिनुहोस !