• नमोबुद्ध संवाददाता

धुलिखेल–गायक तेजेन्द्र गन्धर्व र गायिका निरु चौहानको स्वरमा तयार भएको ‘गौँथली चरी ए कठै बरी बस्यो कि निदालमा’ बोलको गीत भिडियो सहित सार्वजनिक भएको छ । प्रदीप तुखेसा रैकार बारीको शब्द र कृष्णभक्त राईको सङ्गीतमा पूर्वेली लोकलयमा आधारित यो गीत हालै ‘भाकाहरू’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

 

भिडियोको निर्देशन, छायांकन तथा सम्पादन गर्नुभएका जीवन मुकारुङले आफ्नै च्यानलमार्फत सार्वजनिक गरिएको यो गीतले छोटो समयमै चर्चा बटुल्न थालेको छ ।

जोशीला कलाकारहरुको सामुहिक प्रयासमा तयार भएको यो गीतले नेपाली ग्रामीण परवेश तथा मौलिकपनलाई सम्झाएकोमा प्रशंसा हुन थालेको हो । गीतले स्रोता दर्शकको मन जित्नेमा कलाकार द्धय निरु र तेजेन्द्र विश्वस्त हुनुहुन्छ ।
भिडियो हेर्न यो लिंक खोल्नुहोस्
https:///watch?v=5v7WDe89BMA

प्रतिक्रिया दिनुहोस !