• चित्र तामाङ

धुलिखेल–६ वर्षीया बालगायिका प्राप्ती तामाङ दोस्रो कोसेलीसाथ नेपाली सांगीतिक बजारमा आउदै छिन् । काभ्रे जिल्लाको रोशी गाउपालिका वडा न.९ मा जन्मेकी उनी ‘सुख दुःख र खुसी बर्षातको पानी,पलभरमै आउनी पलभरमै जानी ’ भन्ने बोल रहेको गीत लिएर छिट्टै बजार आउन लागेकी हुन् । उनको नयाँ गीत रेकर्डिङ भईसकेको र छिट्टै नै स्रोतामाझ ल्याउने संगीतकार रुप कुमार तामाङले जानाकारी दिए ।

पाँच बर्षको उमेरमै विवेक कुमार तामाङको शब्द र नरहरी प्रेमीको सङ्गीत रहेको “देशको बिकास गर्न अघि सरौ नेपाली “भन्ने राष्ट्रिय भावको गीत गाएर नेपाली गीतीसङ्गीतको क्षेत्रमा चर्चा बटुल्न थालेकी उनले यो पटकका गीतमा नैतिक सन्देश पस्कीने छिन् ।

स्थानिय रेडियो रोशीबाट सन्चालित कार्यक्रम गायन मन्चमा आफ्नो गायकी देखाएर माघ महिनाको बिजेता बने लगत्तै उनको यो दोस्रो गीत रेकर्डिङ गरिएको हो । गजलकार अटल अनमोल (भोम्जन) को शब्द,रुप कुमार तामाङको सङ्गीत र प्रयास दोङको म्युजिक एरेन्जमा तयार भएको यो गीतले मरणशील जीवनमा रिस,रागको भावना त्यागेर सबैसँग सद्भाव बढाएर असल मित्र बनाऔं भन्ने सन्देश बोकेको छ ।

निकै मिठास आवाज र उर्जाशील क्षमता भएकी बाल गायिका प्राप्तीले छिट्टै सांगीतिक उचाई लिनेमा संगीतकार नरहरी प्रेमीको विश्वास छ । सानै उमेरमा नेपाली सांगीतिक क्षेत्रमा भविष्य बनाउँदै गरेकी प्राप्ती हाल पिसजोन इङ्गलिस बोर्डिङ स्कूल मङ्गलटारमा कक्षा १ मा अध्ययनरत छिन ।

पढाईका साथसाथै उनी आफ्नो बिध्यालयमा आयोजना हुने विविध कार्यक्रम र अन्य स्टेज कार्यक्रमहरुमा समेत गीत गाएर आफ्नो प्रतिभा देखाउन सफल हुदै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस !