समाचार एजेन्सी :
काठमाण्डौं–अमेरिकामा फेरि सरकारी कामकाज बन्द हुनसक्ने संकेत देखिएको छ । राष्ट्रपति डोनल्ड ट्रम्प र प्रतिपक्षी डेमोक्र्याट्स बीचको तनावका कारण सरकारी कामकाज बन्द हुन सक्ने संकेत देखा परेको हो ।
यसअघि दुवै पक्षबीच भएका वार्ताहरु निष्कर्ष विहीन हुँदै आएका छन् । दुवै पक्षबीच भएका वार्तामा अहिले सम्म कुनै निष्कर्ष निस्कन नसकेको बताईएको छ ।
दुवै पक्ष आ–आफ्नो अडानबाट पछि नहटेपछि यसअघि ३ साताका लागि खर्चबन्दी स्थगन गरिएको थियो । यो अवस्थामा सुधार नआएकोले खर्चबन्दी पुनःलम्बिन सक्ने चिन्ता बढेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।