नमोबुद्ध संवाददाता :

काठमाण्डौं–संसदको अर्थ समितिले दूरसञ्चार कम्पनी एनसेलसँगको बक्यौता रकम उठाउने प्रक्रिया तत्काल थाल्न अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । एनसेलसँग आवद्ध कम्पनीको बक्यौता ७२ अर्ब ५८ करोड रुपैयाँ रहेको कुरा अर्थमन्त्रालयले बताईरहदा आईतबार बसेको संसदको अर्थ समिति बैठकले यस्तो निर्देशन दिएको हो ।

अर्थ समितिमा मन्त्रालयले पेस गरेको सूचना अनुसार पुँजीगत लाभकर र गैरकर, आय कर, भ्याटबापत एनसेलले सरकारलाई ७२ अर्ब ५८ करोड तिर्न बाँकी देखिएको हो । त्यस्तै अन्य दूरसञ्चार कम्पनीहरुको बक्यौता रकम भने जम्मा ४ करोड रुपैयाँ रहेको मन्त्रालयले जनाएको छ ।

बैठकले निर्देशन दिएअनुसार एनसेलको बक्यौता रकम एक महिनाभित्र उठाईसक्नुपर्नेछ । बैठकमा अर्थमन्त्री युवराज खतिवडाले एनसेलको पूँजीगत लाभकर कति उठाउने भन्ने विषयमा सर्वोच्च अदालतको फैसलाको पूर्णपाठ हेर्नु पर्ने जानकारी गराउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !