नमोबुद्ध संवाददाता :

धुलिखेल–बिहिबारदेखी बढेको चिसोले जनजीवन प्रभावित भएको छ । पश्चिमी वायुको प्रभावले बुधबार बेलुका देखि चिसीन थालेको मौसम बर्षासँगैको हिउँले झनै चिसिएको छ । शनिबार दिउँसोपख केहबेर घाम लागेपनि अपराह्नदेखी कालो बादल मडारिएदेखी मौसम चिसोनै छ । पुर्वि नेपालदेखी पश्चिमी भेगसम्म हिउँ परेपछि बालबालिका,बृद्धबृद्धा र रोगीहरु बढि प्रभावित भएका हुन् । हिमाली तथा पहाडी भेगमा मानिसहरु घरबाट बाहिर निस्कनै सकेका छैनन् । काभ्रेकै कलमसी नगरकोट,बेथानचोक लगायतका ठाउँहरुमा यो पाली हिउँ परेको छ ।

रामेछाप,दोलखा आसपासको क्षेत्रमा बाक्लो हिमपात

पत्रकार विष्णु खड्काका अनुसार दोलखा, रामेछाप ,सोलुखुम्बु,ओखलढुङगा र आसपासका क्षेत्रहरुमा हिउँ परेको छ । दोलखाको जिरी, कालिञ्चोक,मैनापोखरी , रामेछापको उमाकुण्ड गाउँपालिकाको बाम्तिभण्डार देउराली, लाप्चाने, प्रीतिमा हिउँ परेको छ ।

उत्तरी क्षेत्र गुम्देल क्यामार लाछेवर क्षेत्रमाकरिब २ फिट हिउँ परेको उमाकुण्ड गाउँपालिका वडा नम्बर १ लाछेवरबाट टप्की शेर्पाले जानाकारी दिनुभयो । हिमपातले मौसमचिसो भएपछि स्थानीयनागरिक आगो तापेर घरमै बसिरहेका छन् । हिमपातले जनजीवन प्रभाबित भएपनि भर्खरै रापेको आलु र गहुँलाई फाइदा हुने भन्दै किसान खुसी भएका छन् ।

                     फोटो सौजन्य : जीवन लामा

तराईमा वर्षा

पत्रकार ओमप्रकाश यादवका अनुसार रौतहट सहित तराईका जिल्लाहरूमा भारी वर्षा भएको छ । मेघगर्जनसहित भएको वर्षाले तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । वर्षा भएपछि चिसो पनि बढेको छ । वर्षाले केहीकिसानलाई भने फाइदाभएको छ भने केहिलाई घाटा भएको छ ।

वर्षाले तरकारी र गहुँको खेती गरेका किसानलाई फाइदा भएको छ भने मसुरोको खेती गरेका किसानलाई घाटा भएको छ । वर्षाले मसुरोको खेत हिलो भएको र पछि मसुरो सुक्न सक्ने भन्दै रौतहटका किसानहरू चिन्तित भएका छन् ।

हिउँले बिकास निर्माणका काम प्रभावित

पत्रकार हरिलाल नेपालीका अनुसार मुगुको चार वटा स्थानीयतहमध्ये उच्च पहाडी क्षेत्रमा अबस्थित मुगम कार्मारोङ्ग गाउँपालिकामा हिमपातले गर्दा बिकास निर्माणका कामकाज प्रभावित बनेको छ । मुगु,डोल्फू, चितै, किम्री, ताखा, खारी, लगायत बस्तीमा हिउँले ढाकेपछि गाउ“पालिका सरकारी र अन्य निकाय बाट संचालन हुने बिकास निर्माणका काम अबरुद्ध भएका छन् ।

बाक्लो हिउँले जमिन नछोडदा सम्म बाटो, खानेपानी, मठमन्दिर निर्माण, भवन निर्माण, पूललगायत योजना संचालन गर्न कठिनाई भएको हो । यो क्षेत्रमा सरकारी कार्यालयहरुमा सेवाग्राही आउजाउ गर्नसम्म सकेका छैनन् ।

 

 

प्रतिक्रिया दिनुहोस !