जगत तामाङ :
तेमाल–ओझेलमा परेको काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर ९ चोपटारमा रहेको गुरु पद्यसम्भवले तपस्या गरेको पवित्र स्थल (डुप्पा ने:)को प्रचार तथा प्रवद्र्धनमा आमा समूह लगायत स्थानिय लागि परेका छन् । सुदिन दोङ लगायतका युवाको पहलमा डुप्पा ने:घु संरक्षण समितिनै बनाएका स्थानियले गत बुधबार भव्य कार्यक्रम आयोजना गरे ।
यस कर्ममा स्थानियलाई तामाङ चलचित्र संघका अध्यक्ष,खलनायक बिकु थोकरले खुलेर साथ दिनुभएको छ । पछिल्लो समय समाजसेवीको समेत छवि बनाउँदै आउनुभएका चर्चित खलनायक थोकरले भन्नुभयो–“यसमा मेरो केहि पनि स्वार्थ छैन,तेमालको यो पवित्र भुमिमा टेक्न पाउँदा नै म निकै खुसी छु, मैले आनन्दित महसुस गरेको छु ।” आफू तामाङ समुदायको भएको नाताले आफ्नो पनि जिम्मेवारी ठानेर धर्मको संरक्षणका लागि यो ठाउँको प्रवद्र्धनमा आफू जोडिएको उहाँले बताउनुभयो ।
यो ठाउँमा श्रद्वेय धर्मगुरु अवतारी टुल्कु साङगे शेडुव ठिन्ले पालशाङपो ह्रेम्पोर्छे र खेन्पो फुर्पा तामाङद्वारा डाकिनी तिथिमा (वाङ) कार्यक्रम समेत गरिएकोमा हजारौं स्थानिय सहभागि भए । समाजसेवी थोकरको सहयोगमा हेलिकप्टरबाट पुष्प गुच्छा गरि गुरु ह्रेन्पोर्छेबाट छोग म्हारमेन कार्यक्रम पनि गरिएको हो ।
स्थानियले बौद्ध गुरु पद्यसम्भवको तपस्यास्थल नजिकै पद्यसम्भवले पाईला टेकेको (पञ्जा) पनि पत्ता लागेको दावी गरेका छन् । यसबारे पहिल्यैदेखी थाहा भएपनि विकट क्षेत्र भएकोले प्रवद्र्धनका लागि आफूहरुबाट मात्रै सम्मभव नभएको स्थानिय बुढापाका बताउँछन् । सुनकोशी छेउमै रहेको यो ठाउँ आईपुग्न कि रामेछापबाट डुंगा चड्नुपर्छ कि चोपटार गाउँबाट गेरेटोबाटो हुदै ४५ मिनेट ओरालो झर्नुपर्छ ।
पारी(रामेछाप)पट्टि मध्यपहाडी लोकमार्ग बन्दै गर्दा तेमाल चोपटारबाट मोटरबाटो खन्न सके यो ठाउँ छिट्टै चर्चामा आउने उनिहरु बताउँछन् । खलनायक बिकु थोकरलेझैं वडाध्यक्ष चन्द्रबहादुर लामा(काजी)ले पनि यो ठाउँको विकासका लागि सहयोग जारी रहने बताउनुभयो । अब छिट्टै पद्यसम्भवको तपस्यास्थल ओढार छेउसम्म मोटर ट्रयाक खोल्ने वडाध्यक्ष लामाले प्रतिवद्धता जनाउनुभयो ।
यो क्षेत्रको प्रवद्र्धन गर्न सके आन्तरिक तथा वाह्य पर्यटन विकास हुने युवा पत्रकार सुदिन दोङको भनाई छ । ति क्षेत्रमा दर्शन गर्न आउनेले पुण्य प्राप्त गर्ने धार्मिक विश्वास छ । स्थानिय लामा गुरुका अनुसार पद्यसम्भव काठमाण्डौंको फर्पिङपछि तेमालको तोङसोम कुण्ड(याङबेल) र तेमाल चोपटारको तपस्यापछिमात्रै खोटाङ हलेसी पुग्नुभएको थियो ।
भिडियो हेर्नुहोस्