- नमोबुद्ध संवाददाता
धुलिखेल–थाइल्याण्डमा जारी महिला टी–२० स्मास क्रिकेटमा नेपालले लगातार तीन खेल जितेको छ । जितसँगै नेपाल सेमिफाइनलमा पुगेको छ । तेस्रो खेलमा सोमबार नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो ।
पहिले टस जितेर ब्याटिङ गरेको युएईले २० ओभरमा ६ विकेट जाँदा १ सय ५ रन बनाएको थियो । जवाफी ब्याटिङमा नेपालले १९ ओभरमा ४ विकेट गुमाउँदा लक्ष्य पूरा गरेको हो । नेपालका सीता रानामगरले ३७, काजल श्रेष्ठले २५ साथै इन्दु बर्माले १३ रन बनाउनुभयो । यस्तै रुवीना क्षेत्रीले ९ र नेरी थापाले ६ रन जोड्नुभयो ।
यसअघि नेपालले पहिलो खेलमा चीनलाई १० विकेटले साथै दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि थाइल्याण्डसँग खेल्नेछ ।