नमोबुद्ध संवाददाता :

भक्तपुर–राष्ट्यि महिला आमन्त्रण कबड्डी प्रतियोगितामा नेपाल पुलिस क्लव पहिलो भएको छ । भक्तपुर कबड्डी टिमको ३० अंक विरुद्ध ४४ अंक ल्याएर नेपाल पुलिसले पहिलो स्थान ओगटेको हो । जीतसँगै नेपाल पुलिस क्लवले ५० हजार नगद प्राप्त गरेको छ ।

भक्तपुर कबड्डी टिमले दोस्रोमा चित्त बुझाउनुपर्योे । भक्तपुर नगरपालिका वडा नम्वर ४ वडा खेलकूद समितिले आयोजना गरेको प्रतियोगितामा सशस्त्र प्रहरी टिम र काठमाण्डौ कबड्डी टिम तेस्रो भए ।

पुस २५ गतेबाट शहीद स्मृति खेल मैदानमा सुरु भएको प्रतियोगितामा विजयी भएका खेलाडी र टिमलाई नगरपालिका प्रमुख सुनिल प्रजापतिले पुरस्कार वितरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !