
नमोबुद्ध संवाददाता :
काठमाण्डौं–कर्मचारी समायोजन प्रक्रिया बुधबारदेखी शुरू भएको छ । कर्मचारी समायोजन अध्यादेश २०७५, अनुसार कर्मचारी समायोजन प्रक्रिया सुरु भएको हो । यसबारे संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । समायोजन प्रक्रियामा सहाभागी हुन आह्वान गर्दै कर्मचारीका लागि सूचना जारी गरिएको मन्त्रालयले स्पष्ट पारेको छ ।
कर्मचारीले अनलाइनमार्फतनै समायोजनका लागि आवेदन दिन सक्नेछन् । सरकारले संघ, प्रदेश र स्थानीय तहको संगठन संरचना र दरबन्दी स्वीकृत समेत गरिसकेको छ । जस अन्तर्गत संघमा ४७ हजार नौ सय २०, प्रदेशमा २२ हजार सात सय ५५ र स्थानीय तहमा ६७ हजार पाँच सय ३ दरबन्दी कायम भएको छ ।
यसैबिच सरकारले संघीय सेवामा रिक्त हुने पदमा भने खुला तथा आन्तरिक प्रतिस्पर्धा र कार्यक्षमता एवं जेष्ठताले आधार मानिने गरी समायोजन प्रक्रिया अगाडी बढाएको छ ।