नमोबुद्ध संवाददाता :

काठमाण्डौं–राजधानीमा जारी नेपाली कांग्रेसको महासमिति बैठकमा मस्यौदा विधान पेश नभएपछि बन्द सत्र प्रभावित भएको छ । विधानविना नै छलफल सुरु गर्न लागेपछि सहभागीले होहल्लाह गरेका थिए । त्यसपछि बन्दशत्र प्रभावित भएको हो ।

मस्यौदा विधानमा पदाधिकारीको संख्या बढाउने कुरामा संस्थापन पक्ष र इतर पक्षबीच सहमति हुन नसक्दा उक्त मस्यौदा विधान बन्द सत्रमा पेश हुन सकेको छैन । अनौपचारिक छलफलमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पदाधिकारीको संख्या बढाएर १२ पु¥याउने सहमति भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस !