नमोबुद्ध संवाददाता :

पनौती–सरकार र सुशासनको बाटोमा तब अघि हुन्छ जब नागरिक वस्ती वस्ती र टोल टोलमा सुसुचित हुन्छन । आफ्नो अधिकार प्राप्तीसँगै आफ्ना सरोकारका विषयका विकास निर्माणमा सहभागि बन्न काभ्रेमा सुसुचित नागरिक बन्ने अभ्यास निरन्तर जारी रहेको छ । यसैक्रममा पनौती नगरपालिकामा स्थानिय सभा प्रत्येक वडा वडामा गठन गर्ने निर्णय नगर कार्यपालिकाबाटनै गरिएको छ । यसका लागि स्थानिय पहल परियोजनामा विगत एक वर्षदेखि सामुदायिक सारथिको सहकार्य मिलेको छ ।

परियोजनाका लागि वडा नं. १ मा विगत १ वर्ष देखि स्थानिय सभा गठन भएको थियो । सभाले निरन्तर प्रत्येक त्रैमासिक रुपमा बैठक बसि कृषि,शिक्षा,स्वास्थ र प्रकोप विपद व्यवस्थापनका साथै समसामयिक सवालमा छलफल चलाउने गरेको छ । बजेट कसरी आउँछ,कसरी कार्यन्वयन हुन्छ,आफ्नो सहभागिता के भन्ने विषय छर्लंग हुन्छ सभामा सहभागिहरुलाई । यस अभ्यासमा पनौति नगरपालिका वडा नं. ८ पनि अघि बढेको छ । यहाँको सभा पनि स्थानिय श्रोत तथा साधन परिचालन गर्दै सकृय बन्दैछ, जहाँ यिनै सवालहरुको उठान हुन्छ ।

स्थानिय सरकारलाई सहज र सरल रुपमा कार्य सम्पादनमा रचनात्मक सल्लाह सुझाव दिनु पनि सभाको काम हो । यसमा वडा नं. ८ का वडा अध्यक्ष केशव वञ्जराको अध्यक्षतामा सभा गठन भएको हो । यस स्थानिय सभामार्फत वडाको बस्ति टोल तथा समुदाय स्तरमा सुशासन तथा पारदर्शिताको अभ्यास हुनेछ । जनप्रतिनिधि जनताप्रति उत्तरदायि सदैव रहने र निरन्तर समुदाय बस्ति तथा स्थानिय सरकारको महशुस रहने गरी कार्य गर्न प्रतिबद्ध रहेको वडा अध्यक्ष केशव बञ्जराले बताउनुभयो ।

सामजिक रुपान्तरण र स्थानिय समुदायको सहभागिता र आवश्यकताको विषयमा रेडियो कार्यक्रम “साझा बोलि” को सान्दर्भिकता रहेको स्थानिय बताउँछन् । ति सभामा रेडियो कार्यक्रममा उठाईएका विषयमा पनि स्थानियले आफ्ना अपनत्वको खोजी गर्छन् । यस्तो प्रकारको कार्यक्रम पनि आफ्नो गाउ ठाउ र समुदायमा गर्न सकेको खण्डमा सुसुचित समाज र स्थानिय सरकारको महसुस गर्न सकिने अपेक्षा उनिहरुको छ । काभ्रेमा रेडियो नमोवुद्ध र प्राईम एफएमबाट प्रशारण हुदै आएको यस कार्यक्रमको रेडियो श्रोता समुह पनि वडा नं. ८ मा गठन गर्नुपर्ने धारणा व्यक्त गर्छन् उनिहरु । स्थानिय सभाको सहयोगी बन्ने यस खालका काममा आफूहरु सकारात्मक रहको स्थानिय सभा गठनको क्रममा सहसंयोजकको रुपमा रहनुभएका सरिता मगरातिले बताउनुभयो ।

सामुदायिक सारथिका जिल्ला संयोजक भेषराज दनुवारले स्थानिय सभा गठन कार्यको काम कर्तव्य अधिकार र काम गर्ने विषय बस्तु र समग्र परियोजनाको विषयमा जनकारी गराउदै आगामी दिनमा नगर कार्यपालिका तथा वडासंग सहकार्य र समन्वय निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस !