नमोबुद्ध संवाददाता

दुई दिन यता देशभर चिसो बढेको छ । लामो समयसम्म पानी नपरेकाले धुलोका कारण वायुमण्डल प्रदूषित भएपछि चिसो बढेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । मौसमविद्का अनुसार अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने छ । हुस्सुका कारण विहान घाम देखिदैन,दिउँसोपख मधुरो घाम देखिएतापनि अपराह्नदेखी कुहिरो र बादलले ढाकिन्छ ।

पहाडी क्षेत्रमा लामो समय पानी नपरेका कारण तुवाँलोले दृश्यता कमजोर भएको छ । नगरकोटीका अनुसनर अहिले पानी पर्ने कुनै सम्भावना छैन ।

वायुमण्डलको प्रभावले काठमाण्डु उपत्यकामा पनि गत वर्षको तुलनामा यसवर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चिसोका काराण् उपत्यका,तराई तथा हिमाली क्षेत्रसम्मको जनजीवन प्रभावित हुन थालेको छ ।

चिसोले बालबालिका,रोगी तथा वृद्धवृद्धा बढि प्रभावित हुन्छन् । यस्तो बेला,न्यानो ठाउँको खोजी गरी त्यही अनुसारको खानपीनमा ध्यान दिनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस !