नमोबुद्ध संवाददाता

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सरकार निदाएर बस्न नसक्ने बताउनुभएको छ । पहिलो पटक अधिक जनताको विश्वास प्राप्त सरकारमा ठुलो भरोसा रहेकोले विकास र समृद्धिका कामलाई सरकारले तीव्रता दिने उहाँको भनाई छ । बुटवलमा पार्टीको प्रदेश नम्बर ५ ले शनिबार आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो बताउनुभएको हो ।

उहाँले भन्नुभयो –“अब विकास, निर्माणमा क्रान्ति ल्याउने समय आएको छ, त्यसैले सरकार निदाएर बस्न पटक्कै सक्दैन, सरकारले केही गरेन भनेर प्रतिक्रियावादीले गरेको प्रचारलाई विश्वास गर्नुहुन्न ।”

तल्लो तहसम्म पार्टी एकीकरण गर्न ढिलाइ भएको बताउँदै अध्यक्ष प्रचण्डले अब छिटो टुङ्गिने विश्वास दिलाउनुभयो । सरकारले काम गरिराखेको दाबी गर्दै उहाँले ईतिहासमै पहिलोपटक यो सरकारमाथि जनताको विकासका धेरै सपना रहेकोमा केहि गुनासो आउनु स्वभाविक भएपनि कम्युनिष्ट सरकारलाई कमजोर बनाउनेगरी दुष्प्रचार हुने गरेको आरोप लगाउनुभयो ।

जनकपुर–सीमरा रेल छिट्टै उद्घाटन हुने धारणा राख्दै उहाँले भन्नुभयो–“चीन काठमाडौँ र काठमाडौँ–पोखरा रेल मार्ग पनि बनाईन्छ ।”

प्रतिक्रिया दिनुहोस !