नमोबुद्ध संवाददाता :

धुलिखेल–दशैंको मुख्य दिन असत्यमाथि सत्यको जीत भएको मानिएको विजया दशमी,आफन्तजन,घरपरिवार भेला भई मान्यजनबाट टिका आर्शिवाद लिने चलन छ । यसपाली प्रधानमन्त्री केपी शर्मा ओलीले पनि वडादशैंको अवसरमा सर्वसाधारणलाई टीका लगाइदिनु हुदै छ । यसअघि राष्ट्रपति र पुर्वराजाले सर्वसाधारणलाई टीका लगाइदिने गरेको भएपनि यो पटक भने प्रधानमन्त्रीले पनि घोषित रुपमा टीका लगाइदिने कार्यक्रम राख्नुभएको हो ।

प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार दशमीको विहान शुभसाइतमा बुबा मोहनप्रसाद ओलीबाट र दिउँसो १ बजे राष्ट्रपति विद्या भण्डारीबाट टीका ग्रहण गरेपछि प्रधानमन्त्री ओलीले सर्वसाधारणलाई टीका लगाइदिनुहुने छ ।

अपरान्ह साढे ३ देखि साढे ५ बजेसम्म पार्टी कार्यकर्ता तथा सर्बसाधारणलाई टीका लगाइदिने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
विधिपूर्वक घर घरमा आवाहन गरी पूजा आराधना गरिने दुर्गा देवीलाई कात्तिक २ गते शुक्रबार विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रुपमा टीका, जमरा र फूल प्रसाद ग्रहण गरिन्छ । देवी विसर्जनको साइत बिहान ९ बजेर ३९ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि भने कात्तिक २ गते ९ बजेर ५१ मिनेटको साइत उत्तम रहेको अध्यक्ष रामचन्द्र गौतमले बताउनुभयो । विजया दशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म आफ्ना मान्यजनबाट देवीको प्रसाद र आशीर्वाद ग्रहण गरिन्छ ।

आदिवासीहरु सेतो टिका लगाउँछन्

नेपालका आदिवासीहरुले भने सेतो टिका लगाउँछन् । उनिहरुले जमरा वा फूल सिउरिन्छन् । नेपालको दक्षिणी समथर सिमानामा बसोबास गर्ने आदिबासी थारु र पहाडमा बसोबास गर्ने केही आदिबासीहरुले चाडपर्वमा रङ्गीविरङ्गी टीका ग्रहण गर्दैनन् । प्राकृतिक सेतो रङ्गकै टीका ग्रहण गर्दछन् । थारु समुदायले दशैंमा अभिभावकबाट प्रसादकोरुपमा ग्रहण गर्ने टीका सेतो हुन्छ ।

 

चामलको पीठोको टीकासहित जमरा, बाबरीको फूल दशैंमा थारुले ग्रहण गर्छन् । अरुबेला दौनाबेबुरीको फूल प्रयोग नहुने हुनाले थारु समुदायले दशैंमा टीकासँगै विशेषरुपले ग्रहण गर्छन् । तामाङ समुदायले यत्तिबेला आफ्ना म्हेनिङको टिका सेतो लगाउँछन् । जानकारहरुका अनुसार उनिहरुको म्हेनिङ असोज वा कात्तिकमा पर्छ । मनाउने तरिका पनि हिन्दु शैलीको हैन । भन्छन् –दशैं त तत्कालिन हिन्दु राज्य सञ्चालन गर्ने शाषकहरुले लाद्न खोजेका हुन् ।

चैतमा पर्ने हिन्दुको दशैं शाषकहरु बाठा भएकोले प्रकृतिपुजक आदिवासीहरुको म्हेनिङ बखत खप्टाए, म्हेनिङ विस्थापित गराउने षड्यन्त्र स्वरुप । आ–आफ्ना समुदायमा यसका विभिन्न किम्वदन्तीहरु छन् यसरी फरक शैलीमा मनाउने र सेतो टिका लगाउनुका पछाडि । यसरीनै ति समुदायकाले पनि दशमीदेखी कोजाग्रत पूर्णिमासम्म टिका ग्रहण गर्छन् ।

प्रतिक्रिया दिनुहोस !