नमोबुद्ध संवाददाता :
धुलिखेल–काभ्रेको कोसीपारी स्थीत भुम्लु गाउँपालिका ५ भुम्लुमा शनिबारदेखी आयोजीत वृहत फुटबल प्रतियोगिता “प्रथम भुम्लु हिमालयन गोल्डकप २०७५” सदावहार युवा क्लव भुम्लु ५ सल्लेले ५ गोल गर्दै हात पारेको छ । उसले नगद १ लाखका साथै मेडल कप र प्रमाण्पत्र प्राप्त गर्यो । यस्तै सापिङ युवा क्लव भुम्लु १ सापिङ ४ गोल गर्दै दृतिय भएको छ । उसले नगद ५० हजारका साथै मेडल कप र प्रमणपत्र प्राप्त गर्यो ।
दशैं तिहारको अवसरमा स्थानिय भुम्लु हिमालयन युथ क्लबको आयोजनामा स्थानिय रंगशालामै असोज ३१ सम्म आयोजित प्रतियोगितामा उत्कृष्ट खेलाडीको उपाधि सदावहार युवा क्लवका रोहन थापा,उत्कृष्ट गोल रक्षकको उपाधि सदावहार युवा क्लवका सविन श्रेष्ठ र सर्बाधिक गोलकर्ताको उपाधि भुम्लु हिमालयन युथ क्लवका विबेक कार्कीले पाए ।
प्रतियोगितामा दर्जन बढि संघसंस्था तथा क्लबहरु प्रतिस्पर्धामा उत्रेका थिए । उमेश लामाले मुख्य र प्रकाश तामाङ र लक्ष्मी श्रेष्ठले सहायक रेफ्रीको भुमिका निभाएका थिए ।
प्रतियोगिताको समापन समारोहमा प्रमुख अतिथिको रुपमा सहभागि भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवर र विशेष अतिथिको रुपमा सहभागि जिल्ला समन्वय समितिका प्रवक्ता प्रेम लामाले युवा सृजनात्मक क्षमता बोक्ने परिवर्तनको संवाहक रहेकोले उनिहरुको प्रतिभाको कदर गर्नुपर्ने बताउनुभयो ।
जिल्लाका स्थानिय तहमहरुमै यो प्रतियोगिता सर्बाधिक पुरस्कार राशी भएको प्रतियोगिता मानिएको छ । खेलमार्फत सकारात्मक स्वास्थ्य सन्देश प्रवाह गर्नु,युवा प्रतिभाको प्रस्फुटन गरी स्थानिय खेलाडी जन्माउने तथा स्थानिय पर्यटन प्रवद्र्धनको उद्धेश्य लिएर प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताको सहजिकरणमा सहभागि तुलसीमान तामाङले बताउनुभयो ।
प्रतियोगिताका मुख्य प्रायोजक ः बुद्ध भेहिकल सर्भिस प्रालिका साङमो लामा, सह–प्रायोजकका तर्फबाट लामा टुर्स सर्भिस प्रालिका राजकुमार लामा,लर्डबुद्ध टुर्स प्रालिका प्रेम लामा,लालवहादुर लामा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुले आतिथ्यता ग्रहण गरेका थिए । उनिहरुले स्थानिय पर्यटन प्रवद्र्धनका साथै युवा विकासमा साथै रहने बताए ।