नमोबुद्ध संवाददाता :

धुलिखेल–दसैंअन्तर्गत नवरात्रको छैठौं दिन आज घर–घरमा कात्यायनी माताको पूजा गरिँदैछ । यस दिन कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने हिन्दु धार्मिक विश्वास छ । आज पनि बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्तजनको भीड लागेको छ ।

काभ्रेको पलाञ्चोक भगवती,काठमाडौं उपत्यकाको शोभा भगवती, नक्साल भगवती,गुह्येश्वरी, दक्षिणकाली, कालिकास्थान,मैतीदेवी, इन्द्रायणी, तलेजु भवानी, विजेश्वरी, भद्रकालीलगायत देशभरका शक्तिपीठमा पूजा आराधना भईरहेको छ ।

दसैंमा ९ दिनसम्म शक्तिपिठ तथा दसैंघरमा पूजा अर्चनासहित दुर्गा भगवतीको स्तोत्र पाठ गरिन्छ । पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रम्हचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुस्माण्डा, पाँचौ दिन स्कन्द माता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्री,आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री देवीको पूजा गरी दसैंमा शक्ति पूजा गर्ने हिन्दु प्रचलन छ ।

नेपालका आदिवासी जनजाती समुदायले भने आफ्नै शैलीमा मनाउँछन् । तामाङ समुदायले म्हेनिङ मनाउँछन्,काटमार गर्दैनन् । राज्यले एक भाषा,एक धर्म लादिएको कत्तिपय तामाङहरु भने हिन्दु शैलीमै दशैं मनाउन बाध्य रहेको ति समुदायका संस्कृतिविद्हरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस !