नमोबुद्ध संवाददाता :

प्रधानमन्त्री केपी ओलीले सहकारीले देशको आर्थिक तथा सामाजिक विकासमा महत्वपुर्ण भुमिका खेलेको बताउनुभएको छ । सरकारको तीनखम्बे अर्थनीति अन्तर्गत सार्वजनिक, निजी तथा सहकारीको अवधारणा अघि सारेको प्रधानमन्त्री ओलीको स्पटोक्ती छ । सानो पूँजीलाई एकत्रित गरी आर्थिक समृद्धिका लागि सहकारीको भूमिका अतुलनीय रहेको उहाँले औँल्याउनुभयो ।

सबै जनतालाई एक ठाउँमा उभ्याउन सक्ने माध्यम सहकारी रहेको उल्लखे गर्दै उहाँले भन्नुभयो–“ सहकारीको बाटोमार्फत देशलाई समृद्ध पार्न सकिन्छ ।” प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडालको जीवनीमा आधारित ‘इमानको इन्द्रेनी’ कृतिको विमोचनगर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

कृषिलाई आधुनिकीकरणका लागि समेत सहकारीको माध्यमबाटै जानुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले जमीन खण्डित भइरहेको प्रति चिन्ता व्यक्त गर्नुभयो । केहि सिमित व्यक्ति मोटाउने गरीभन्दा उस्तै समाज,उस्तै हेसियत भएकाहरुको एकता सहकारी भएकोले ति सबैको भावनाको सम्बोधन गरी सहकारी सञ्चालन हुनुपर्ने उहाँको भनाई छ ।

उहाँले देशको समृद्धिका लागि कृषिलाई आधुनिकीकरणमा सहकारीले बढि भुमिका खेल्ने बेला आएको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !