• नमोबुद्ध संवाददाता

धुलिखेल,काभ्रे,मंसिर २९ : बाम गठबन्धनले प्रतिनिधि र प्रदेशसभाका सबै सिट जितेपछि नेपाली काँग्रेस काभ्रे सशंकित बनेको छ । विभिन्न दलहरुलाई नेतृत्व गर्दै लोकतान्त्रिक गठबन्धन बनाएर प्रदेश तथा प्रतिनिधि सभाको चुनावमा होमिएका गठबन्धन्ले जिल्लामा नराम्रो पराजय बेहोरेपछि यस्तो जनाउ दिएको हो ।

काँग्रेसका चुनानी कमाण्डर शिव हुमागाईले आफूहरुले हारेपनि सौहार्दपुर्ण तबरले राजनीतिक व्यवहार चाहेको उल्लेख गर्नुभयो । यद्यपी उहाँले एमालेजस्तो लोकतान्त्रिक अभ्यासबाट खारिएर आएको पार्टीले हिंसाको राजनीतिबाट आएको माओवादीलाई संगै लैजान सकिनेमा शंका व्यक्त गर्नुभयो ।

रेडियो नमोवुद्धको विहानी वहस ‘नमोवुद्ध डबली’ संग उहाँले भन्नुभयो–‘माओवादीले एमालेको जनताको बहुदलिय जनबाद स्वीकार्नेकी नसुस्वीकार्ने ?,के हो २१ औं शताव्दीको जनवाद अनि कहाँ पुग्यो प्रचण्डपथ ?’

जिल्ला समितिका पुर्व सभापति समेत रहनुभएका हुमागाईले एमाले माओवादीसंग विलिन हुनेकी,माओवादी एमालेमा विलीन हुने भन्ने वहस टुंगोमा नपुगेसम्म बाम गठबन्धनलाई विश्वास गर्न नसकिने भाव व्यक्त गर्नुभयो । काभ्रेली जनताले विकास र सवृद्धि चाहेको उल्ले गर्दै उहाँले भन्नुभयो “कम्युनिष्ट निरंकुशताको छिटा पर्न दिदैनौं,हामी चट्टान भएर उभिनेछौं ।”
छिमेकी मुलुक चिन जस्ता ठाउँमा त्यहाँको मौलिकतामा आधारित व्यवहार र परिमार्जित कार्यक्रमले कम्युनिष्ट शासन सफल भएपनि विश्वका थुप्रै देशमा विफल भएको काभ्रे काँग्रेसको ठहर छ ।

आवधिक निर्वाचन लोकतन्त्रको मेरुदण्ड रहेकोमा जोड दिदै काँग्रेसले स्वच्छ प्रतिस्पर्धामा सहभागि भएकोमा भने माओवादी र एमालेललाई धन्यवाद व्यक्त गरेको छ । कम्युनिष्टहरुले सत्ता प्राप्त भएपछि स्वेच्छचारी कदम चाल्ने गरेको आरोप लगाउदै उसले जनमतको कदर गर्न आग्रह समेत गरेको छ । साम्यबादको नाउँमा लोकतन्त्रको गला रेट्ने काम कोही कसैबाट गर्न नहुने काँग्रेसको तर्क छ ।

प्रतिक्रिया दिनुहोस !