• नमोबुद्ध संवाददाता

काठमाडौँ, २५ मंसिर : राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहनुभएका म्यानमारका सेना प्रमुख मिन आङ ल्याङ्गले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आज भएको भेटमा नेपाल र म्यानमारबीच रहँदै आएको द्विपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउनेबारे कुराकानी भएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उहाँहरुबीच नेपाली सेना र म्यानमार सेनाबीच सहयोग र सम्बन्धका विषयमा समेत छलफल भएको थियो । उक्त अवसरमा नेपालका लागि म्यानमारका राजदूत, म्यानमार सेनाका पदाधिकारीहरु र राष्ट्रपति कार्यालयका उच्च्पदस्थ पदाधिकारीको उपस्थिति थियो ।

यसैबीच म्यानमारका सेना प्रमुख ल्याङ्गसहितको टोलीले आजै प्रधानमन्त्री शेरबहादुर देउवासंग उहाँको सरकारी निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता गरेको छ ।

उहाँहरुबीच पनि आपसी हित, द्विपक्षीय सहयोग र सहकार्यबारे कुराकानी भएको प्रधानमन्त्रीका निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !