• नमोबुद्ध संवाददाता

काभ्रे, २४ मंसिर : काभ्रेपलाञ्चोकको प्रतिनिधिसभा क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा (क) बाट वाम गठवन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का रत्नप्रसाद ढकाल विजयी हुनुभएको छ ।

उहाँले लोकतान्त्रिक गठवन्धनका चन्द्रबहादुर तामाङ (सिवी लामा) लाई सात हजार २५१ मतान्तरले पराजित गर्नुभएको हो । ढकालले २५ हजार १०६ मत ल्याएर विजयी हँुदा तामाङले १७ हजार ८५५ मत प्राप्त गर्नुभएको छ ।

वाम अग्रता कायमै

त्यस्तै, प्रतिनिधिसभा क्षेत्र नं १ मा वाम गठवन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गंगाबहादुर दोङले ३४ हजार ६०७ मत ल्याएर अग्रता कायम गर्नुभएको छ भने लोकतान्त्रिक गठवन्धनबाट नेपाली काँग्रेसका तीर्थ लामाले ३३ हजार ३० मतले पछ्याइरहनुभएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं १ को (ख) मा वाम गठवन्धनबाट नेकपा (एमाले) का चन्द्र लामाले १८ हजार ४३१ मत ल्याएर अघि हुनुहुन्छ भने लोकतान्त्रिक गठवन्धनबाट नेपाली काग्रेसका गणेश लामाले १६ हजार ४२१ मतले पछ्याइरहनुभएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं २ मा वाम गठवन्धनबाट नेकपा (एमाले) का गोकुल बाँस्कोटाले ३८ हजार ८२८ मत प्राप्त गरेर अग्रता कायम राख्नुभएको छ भने लोकतान्त्रिक गठवन्धनबाट नेपाली काँग्रेसका मधुप्रसाद आचार्यले २३ हजार ५९५ मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेश (क) मा वाम गठवन्धनबाट नेकपा (एमाले) का लक्ष्मण लम्सालले १७ हजार ७२७ मत प्राप्त गरी अगाडि हुनुहुन्छ भने लोकतान्त्रिक गठवन्धनका नेपाली काँग्रेसका सुन्दरमणि आचार्यले ११ हजार ७०७ मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं २ को (ख) मा वाम गठवन्धनबाट नेकपा (एमाले) का बसुन्धरा हुमागाँईले १६ हजार २४९ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ भने लोकतान्त्रिक गठवन्धनबाट नेपाली काग्रेसका कञ्चनचन्द्र वादेले ११ हजार ६९५ मत प्राप्त गर्नुभएको छ ।
–––

प्रतिक्रिया दिनुहोस !