• नमोबुद्ध संवाददाता

बनेपा, २३ मंसिर : काभ्रेपलाञ्चोकको प्रतिनिधिसभातर्फको दुई निर्वाचन क्षेत्रमा नै वाम गठबन्धनले अग्रता लिएको छ ।

प्रतिनिधिसभा क्षेत्र नं १ मा वाम गठबन्धनबाट नेकपा (माओवादी) केन्द्रका गंगाबहादुर दोङले 19 हजार 155, लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका तीर्थ लामाले 17 हजार ८७३ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं १ को (क) मा वाम गठबन्धनबाट माओवादी केन्द्रका रत्न ढकालले 13 हजार 040 र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका सिवी लामाले 8 हजार 088 मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं १ को (ख) मा वाम गठबन्धनबाट नेकपा (एमाले) का चन्द्र लामाले 8 हजार 857 मत प्राप्त गर्नुभएको छ । लोकतान्त्रिक गठबन्धनका काँग्रेसका गणेश लामाले 8 हजार 165 मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं २ मा वाम गठबन्धनबाट एमालेका गोकुल बाँस्कोटाले १३ हजार ९६७ मत प्राप्त गर्नुभएको छ भने लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका मधुप्रसाद आर्चायले १० हजार १०५ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं २ को (क) मा वाम गठबन्धनबाट एमालेका लक्ष्मण लम्सालले सात हजार ९०१ मत प्राप्त गर्नुभयो भने लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका सुन्दरमणि आचार्यले चार हजार ३२१ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नं २ को (ख) मा वाम गठबन्धनबाट एमालेका बसुन्धरा हुमागाईँले छ हजार ८४९ र लोकतान्त्रिक गठबन्धनबाट काँग्रेसका कञ्चनचन्द्र वादेले पाँच हजार ७१२ मत प्राप्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !