• नमोबुद्ध संवाददाता

हेटौँडा, २३ मंसिर : मकवानपुरमा वाम गठबन्धनकी प्रदेशसभा उम्मेदवार कुमारी मोक्तान भारी मतले विजयी हुनुभएको छ ।

प्रदेशसभा क्षेत्र नं १ को (क) की उम्मेदवार मोक्तानले निकटतम प्रतिद्वन्द्वीभन्दा दुई हजार ९९६ मत बढी ल्याई विजय हुनुभएको हो ।

उहाँले २७ हजार १३२ मत ल्याउनुभएको छ भने लोकतान्त्रिक गठबन्धनका यतिराज सापकोटाले १४ हजार १३६ मत प्राप्त गर्नुभयो । सो क्षेत्रमा जम्मा मत ४६ हजार ४२९ खसेको थियोे ।

नेकपा (माओवादी केन्द्र) की इञ्चार्जसमेत रहनुभएकी मोक्तानले अहिलेसम्म मकवानपुरमा विजयी भएका अन्य उम्मेदवारभन्दा भारी मतले विजयी भएर इतिहास रच्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !