• नमोबुद्ध संवाददाता

धुलिखेल,काभ्रे, १९ मंसिर :  यो पटकको निर्वाचनमा पुराना मतदाताले नयाँ परिचय पत्र नपाउने भएका छन् । देशभर जिल्ला निर्वाचन कार्यालयहरुले पछि नाम लेखाएका र अघिल्लो निर्वाचनमा मतदाता परिचयपत्र लिन नआएका मतदातालाई मात्र नयाँ मतदाता परिचय पत्र वितरण गरिरहेका छन् । यसअघि भएको स्थानिय तहको निर्वाचनमा भने सबै मतदाताहरुलाई नयाँ परिचयपत्र वितरण गरिएको थियो । मतदाता स्थानिय तहको निर्वाचनमा जसरी फेरि यो पटकपनि नयाँ परिचय पत्र पाउने विश्वासमा थिए ।

‘यो पटक हामी काभ्रेमा जम्मा ७० हजारलाई मतदाता परिचयपत्र वितरण गर्दैछौं’ जिल्ला निर्वाचन कार्यालयका प्रमुख मधुकरप्रसाद पोखरलले नमोवुद्ध खबरलाई भन्नुभयो–‘संविधानसभाको निर्वाचन र स्थानिय तहको निर्वाचनमा सहभागि भईसकेका मतदाताहरुले त्यहि पुरानै परिचयपत्र लिएर मत हाल्न जानुपर्ने हुन्छ ।’ जिल्लाका ३५० वटा मतदान केन्द्रबाट ४१ हजार चारसय ४३ जना नयाँ र २८ हजार पुराना मतदातालाई २० गते बुधबार सम्ममा मतदाता परिचयपत्र वितरण गरिसक्ने उहाँको भनाई छ ।

‘यो पटक हामी काभ्रेमा जम्मा ७० हजारलाई मतदाता परिचयपत्र वितरण गर्दैछौं’ जिल्ला निर्वाचन कार्यालयका प्रमुख मधुकरप्रसाद पोखरलले नमोवुद्ध खबरलाई भन्नुभयो–‘संविधानसभाको निर्वाचन र स्थानिय तहको निर्वाचनमा सहभागि भईसकेका मतदाताहरुले त्यहि पुरानै परिचयपत्र लिएर मत हाल्न जानुपर्ने हुन्छ ।’

यसैविच पुरानो परिचयपत्र हराएका मतदातालाई चिन्ता नगर्न जिल्ला निर्वाचन कार्यालयले आग्रह गरेको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख पोखरेलले मतदाता नामावलीमा नाम भएमा नागरिकताको प्रमाणपत्र र सवारी चालक अनुमतिपत्र (लाईसेन्स)देखाएर पनि मत हाल्न सकिने स्पष्ट पार्नुभयो ।

‘कसैले चिन्ता लिनु पर्दैन’ प्रमुख पोखरेलले भन्नुभयो–‘आफ्नो परिचय खुल्ने कुनै कागजात भएपनि हुन्छ ।’ उहाँले मतदाता परिचयपत्रमा उल्लेखीत् नाम नागरिकतासंग मेल नखाएमा वा आफ्नो परिचयपत्रमा त्रुटि रहेमा नागरिकताको प्रमाणपत्रपनि साथै लिएर मतदान केन्द्रमा जानुपर्ने सल्लाह पनि दिनुभयो ।
यो पटक जिल्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सहभागि हुन २ लाख ७२ हजार २९२ जना मतदाता छन् । जसमा १ लाख ३६ हजार ८९१ जना पुरुष, १ लाख ३५ हजार ४०० महिला र १ जना तेस्रो लिङ्गी छन् ।

प्रतिक्रिया दिनुहोस !